सोनादा , (निसं): सोनादाको दिव्य ज्योति संघको 35 औंँ वर्ष गाँठ पालन गरिएको छ। सोनादाको असोनादाको दिव्य ज्योति संघको 35 औंँ वर्ष गाँठ पालनप्पर रमिते सार्वजनिक भवनमा दिव्य ज्योति संघको 35 ओैंँ वर्ष गाँठ साथै सम्वर्द्धना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम संघको सभापति फुर्वा तामाङको अध्यक्षता र युवा साहित्यकार नरेश कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। यस कार्यक्रममा दिव्य ज्योति संघको स्थापनामा मुख्य भूमिका निर्वाह गर्ने दिवंगतहरुका परिवारहरुलाई समवेदना पत्र प्रदान गरिएको छ। यसको साथै संघको 75 वर्ष नाघेकाहरुलाई उनीहरुको कार्य र समाजप्रति दिएको योगदानको लागि सम्मान जनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित युवा साहित्यकार नरेश कटुवालले सम्भाषण राखेका थिए। सन् 1990 मा स्थापना भएको दिव्य ज्योति संघको 35 औंँ वर्ष गाँठको कार्यक्रममा विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिएको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दिव्य ज्योति संघको सचिव उध्दव खनालले 35 वर्ष अघि धेरै संघर्ष गरेर दिव्य ज्योति संघको स्थापना गरिएको बताउँदै हाम्रो इतिहास जीवित राख्न र इतिहास बचाएर लान यो कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनले यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य नानीहरुले पनि केही सिकोस्, नानीहरु पनि अघि बढ्न प्रोत्साहन मिलोस् भनेर आयोजना गरिएको जानकारी गराएका छन्। यस विषयमा संघको सभापति फुर्बा तामाङले संघ स्थापना गर्ने सबैप्रति आभार प्रकट गर्दै सम्झना गरेका छन्।












