27 जुलाईमा सहिद कृष्ण अनि शहिद देवराज गाडी पार्किङ नामकरण गरिने 

Share this news

दार्जीलिङ,25 जुलाई(निसं): आगामी 27 जुलाईको दिन शहिद दिवस पाटीले मात्र होइन सबै जातिले मिलेर मनाउने साथै दार्जीलिङ शहर नजिक भएका दुईवटा गाडी पाकिङ स्थल शहिद देवराज शर्मा अनि शहिद कृष्ण सुब्बाको नाममा घोषणा गरिने कार्यक्रममा सबैलाई उपस्तिथि भइदिने आयोजक कमिटी
भारतीय गोर्खा परिसंघ, भारतीय गोर्खा जन अवा,एसडब्लुसीसी, हिमालयन यातायात समन्वय सङ्गठन, पार्वत्री कर्मचारी सङ्गठन अनि फोसेप-ले अनुरोध गरेको छ।
यसबारे आयोजक कमिटीले बताए अनुसार,छुट्टै  राज्यको माग लिएर गरिएका आन्दोलनमा जातिको उत्थानको निम्ति शहिद भएका हाम्रा सम्पूर्ण शहिदहरूको सम्झनामा प्रत्येक वर्षको 27 जुलाईमा मानाउने शहिद दिवस हाम्रा वीर शहिदहरू पाटीको निम्ति मात्र शहिद नभएर जातिकै निम्ति भएको हुनाले आज सम्म प्रत्येक शहिद दिवस आ-आफ्नो पाटीका सदस्य र कम संख्यमा जनसाधारणको उपस्थितमा मात्र मनाइरहेका हुनाले हाम्रा जातिले शहिदको मूल्याङ्कन शहिद हुनुको मुख्य उद्देश्य कुन परिस्थितिमा शहिद हभए, यी सबै विषयहरू वर्तमान समयमा विस्तारै-विस्तारै भुल्न सक्ने अवस्थामा आईपुगेका देखिना थालिएको छ, यसैले अबको शहिद दिवस पाटीको मात्र नभएर मुख्य जातिको बनाएर मनाउनाको निम्ति साथै हाम्रा शहिद देवराज शर्मा शहिद कृष्ण सुब्बाको नाममा दुई वटा वहान पार्किङ स्थलको नाम घोषित गरिने कार्यक्रम आयोजना गरिएका हुनाले यस पुण्य दिनमा उपस्थित भइदिने कमिटीले निवेदन गरेको छ। कार्यक्रम तीन चरणको हुने कमिटीले जानकारी दिदै भनेको छ, काकझोडाको गडी पार्किङ स्थानमा बिहान 8:30 बजीदेखि पुजा शुरु गरेर शहिदलाई श्रद्धाञ्जली अर्पण गरिने छ, पार्किङ स्थलको नाम अधिकारीक घोषित गरिनेछ, शहिद देवराज शर्मा वहान पार्किङ स्थल। अन्य कॉयक्रमहरुमा,दार्जीलिङ सरकारी कलेज अघि लेबोङ कार्ट रोड किनारमा भएको गाडी पार्किङ स्थलमा बिहान 11:30 बजीदेखी  पुजा शुरू गरेर शहिदलाई श्रद्धाञ्जली अर्पण गरिने साथै पार्किङ स्थलको नाम अधिकारीक घोषित गरिने शहिद कृष्ण सुब्बा वहान पार्किङ स्थल। यसरी नि अन्य कार्यक्रममा, नगरपालिका छेउ दुर्गा मल्ल शालिक अघि, समय साँझ 6 बजीदेखी शहिदलाई श्रद्धाञ्जली अर्पण गरेर दिप जलाउने भएको छ।
यी सबै कार्यक्रममा उपस्थित दिन नसकेता पनि साँझ 6:30 बजीदेखी 7 बजीसम्म एउटा दियो प्रत्येक घर अघि जलाई दिने अनि अरूलाई पनि अपिल गरिदिने आयोजक कमिटीले निवेदन गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ