खरसाङका समाजसेवी तथा विशिष्ट व्यक्ति दुर्गासिंह छेत्रीको निधनमा सामुहिक शोक सभा

Share this news

खरसाङ , (निसं): खरसाङ्का समाजसेवी तथा विभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्य गरेका विशिष्ट व्यक्ति दुर्गासिंह छेत्रीको निधनमा खरसाङ्मा विभिन्न सङ्घ-संस्थाहरुद्वारा सामुहिक शोक सभाको आयोजना गरियो। खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको उक्त शोक सभाको अध्यक्षता गोर्खा जनपुस्तकालयका सभापति रवीनकुमार प्रधानले गरेका थिए भने शोक सभालाई पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधान र मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए। सभाको शुरुमा खरसाङ्का विभिन्न सङ्घ-संस्थाहरुका अध्यक्षहरुका बाहुलीबाट समाजसेवी दुर्गासिंह छेत्रीको तस्वीरमा द्वीप प्रज्वलन गरेर श्रध्दाञ्जली अर्पण गरेका थिए भने उपस्थित विभिन्न सङ्घ-संस्थाहरुका प्रतिनिधिहरुले पनि उनलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। त्यसपछि उनको आत्मा शान्तिको लागि एक मिनटको मौन प्रार्थना पनि गरिएको थियो। उक्त शोक सभामा ओम शान्ति मन्त्र पाठ पुस्तकालयको पूर्व सचिव एंव पण्डित पुरूषोत्तम अधिकारीले पठन गरेका थिए। यस शोक सभामा समाजसेवी दुर्गासिंह छेत्री विषयमा खरसाङ्का विभिन्न संङ्घ-संस्थाहरुका प्रतिनिधिहरुले वक्तव्य राखेका थिए। यस क्रममा गोर्खा जनपुस्तकालय खरसाङ्को तर्फबाट पूर्व सभापति एवं वरिष्ठ सदस्य साथै समाजसेवी तिलक शर्मा, जागृति परिवारको तर्फबाट संस्थापक पूर्ण गुरुङ निरुपम, गोर्खा सांस्कृतिक संस्थान्‌‍ खरसाङ्को तर्फबाट अध्यक्षा आशा मुखिया लामा, खरसाङ महकुमा खेलकूद संघको तर्फबाट सचिव निर्मल गुरुङ, भारतीय गोर्खा परिसंघको तर्फबाट खरसाङ क्षेत्रीय समितिका सचिव लक्ष्मण शर्मा, शिक्षकहरुको तर्फबाट डेभिस प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापक ऋषि राई, डेभिस प्राथमिक पाठशालाका वर्तमान प्रधान अध्यापक साथै शतवार्षिकी समारोह समितिका सचिव सन्तोषसिंह लकान्द्री, परिवार पक्षबाट स्व. छेत्रीका भाई बीबी छेत्रीले वक्तव्य राखेका थिए। सभामा वक्ताहरुले आ-आफ्नो संस्थामा दुर्गासिंह छेत्रीले दिएका योगदानको उल्लेख गर्दै उनी विषयमा विभिन्न पक्षहरु बारेमा प्रकाश पारेका थिए। वक्ताहरुले दुर्गासिंह छेत्री अब्बल दर्जाको खेलाड़ी रहेको बताउदै राजनीति, शिक्षा, खेलकूद, साहित्य, संस्कृति र विभिन्न क्षेत्रमा दिएको योगदान विषयमा बताएका थिए। वक्ताहरुले दुर्गासिंह छेत्रीको निधनले खरसाङ क्षेत्रका संङ्घ-संस्थाहरुलाई अपूरणीय क्षति भएको बताउँदै श्रध्दाञ्जली अर्पण गरेका थिए। उल्लेखनीय छ समाजसेवी तथा विशिष्ट व्यक्ति दुर्गासिंह छेत्रीको गत 28 अगस्तको दिन दिल्लीमा निधन भएको थियो। उनको निधनले खरसाङ क्षेत्रका विभिन्न सङ्घ-संस्थाहरुलाई ठूलो क्षति भएको बताइएको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ