साउथफिल्डमा पहिलो मुख्यमन्त्री बीसी रोयको जन्मोत्सव पालन

Share this news

दार्जीलिङ, 2 जुलाई(निसं): मंगलबार स्थानीय साउथफिल्ड कलेजद्वारा बिधान चन्द्र रोयको जन्म दिवस पालन गरियो। पश्चिम बंगाल राज्यको पहिलो मुख्यमन्त्री बीसी रोयकै सोचमा दार्जीलिङ पहाडमा सर्वप्रथम लरेटो कलेज नाममा वर्तमानको साउथफिल्ड कलेजको स्थापना भएको थियो। आज उनको जन्म दिवसमा कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा एउटा कार्यक्रमको आयोजना गरेर कलेजले बी सी रोयलाई स्मरण गरे। उनले तत्कालीन समयमा महिला कलेजको स्थापना गरेर दार्जीलिङका महिलालाई शिक्षाप्रति आकर्षित गरेका थिए। कार्यक्रममा कलेजका प्राचार्य डा. अनुराधा राईले उनको योगदानबारे अवगत गराए। स्मरण रहोस, डा. विधानचन्द्र रोयको जन्म तत्कालीन बेङ्गल प्रेसीडेन्सीका पटनामा 1 जुलाई 1882 सालमा भएको थियो। उनी एकजना डाक्टर सर्जन साथै राजनीतिज्ञ थिए। उनले बंगालमा धेरै शैक्षिक संस्था अनि सहरहरूको निर्माणमा आफ्नो योगदान पुऱ्याएका थिए। बङ्गालको सल्टलेक, कल्याणी, दुर्गापुर आदि सहरहरू बसाउनमा उनको महत्वपूर्ण योगदान रहेको थियो साथै वर्तमान समयको साउथफिल्ड कलेज पुरानो लरेटो कलेजको स्थापनामा पनि डा. बीसी रोयको योगदान अतुलनीय रहेको छ भनी जन्म दिवस समारोहमा जनाइयो।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ