संसदको वर्षाकालिन अधिवेशनप्रति आशा अनि निराशा

Share this news

खरसाङ, 21 जुलाई (सन्त): सोमवारदेखि संसदको वर्षाकालिन अधिवेशन आरम्भ भएको छ। संसदको यस वर्षाकालिन अधिवनेशनमा पहाड़ अनि गोर्खा समस्याबारे के-कति कार्य हुनेछ भन्ने वर्तमानमा धेरैमा कौतुहलता देखिएको छ। यो सत्रमा पहाड़ र गोर्खाको समस्या समाधानको निम्ति सांसदले अवश्यै आवाज उठाउनेछन्‌‍ भन्ने बारेमा मानिसहरूले विश्वास गरिरहेका छन्‌‍ भने धेरै मानिसले विगतमा जस्तै सांसद राजु विष्यले सांसदमा पहाड़ र गोर्खाको समस्या, स्थायी राजनीतिक समाधान, 11 जातगोष्ठीको मुद्दालाई संसदमा उठाउने छन्‌‍ तर त्यसको नतिजा केही हुनेछैन भनी निराशा पनि प्रकट गरेका छन्‌‍। यस पल्टको वर्षाकालिन संसदको अधिवेशको बारेमा पहाड़का राजनीतिक दलहरूमा भने त्यस्तो उत्साह देखिएको छैन। तथापि गोर्खा र पहाड़को मुद्दाको निम्ति काम गरिरहेका छौँ भन्ने राजनीतिक दलका कतिपय नेताहरूले सांसदले कार्य गरिरहेका र यो वर्षाकालिन अधिवेशनमा पनि सांसदले संसदमा आवाज उठाउने र यस दिशामा कार्य अघि बढ़ने बताएका छन्‌‍। यस बारेमा गोजमुमो नेता दिपेन्द्र देवानले भने, गोजमुमोको मुद्दा भनेको गोर्खा जातिको उन्मुक्तिको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड नै हो। हामी छुट्टै राज्य गोर्खाल्याण्डको मागबाट पछि हटेका छैनौँ। भाजपा अनि सांसद राजु विष्टलाई हामीले गोर्खा जातिको मुद्दा पार लगाउनकै निम्ति चुनाउमा सहयोग गरेका हौँ। हामीलाई विश्वास छ, गोर्खा जातिको मुद्दालाई पार लगाउनको निम्ति भाजपा अनि सांसद राजु विष्टले अवश्यै कार्य गर्नेछन्‌‍। यदि कार्य गरिएन भने आगामी चुनाउहरूमा विकल्प रोज्नेछौँ भनेर हाम्रो पार्टीले स्पष्ट गरिसकेको छ। संसदको यो वर्षाकालिन अधिवेशनमा सांसदले अवश्यै गोर्खा जाति र पहाड़, तराई, डुवर्सको मुद्दालाई संसदमा उठाउनेछन्‌‍ भन्ने कुरोमा हामी विश्वस्त छौँ। देवानले वर्तमान देश काल र परिस्थिति अनुसार छुट्टै राज्य दिन सरकार असमर्थ रहेको भए कानुन, जमिन, विभागीय अधिकार भएको पहाड़, तराई र डुवर्सका गोर्खाहरूलाई सुरक्षा प्रदान गर्ने संवैधानिक स्वयत्त शासन दिन पर्ने बताउदै गोजमुमोको मूल मुद्दा भनेको गोर्खाल्याण्ड नै हो भनी बताए। यस बारेमा अखिल भारतीय गुरुङ तमु बौद्ध संगठनका केन्द्रीय समिति अध्यक्ष आनन्द तमुले भने, 11 जातगोष्ठीको मामिला संसदको स्ट्याण्डिङ कमिटीमा पुगेकै छैन भन्ने हामीलाई जानकारीमा आएको छ। स्ट्याण्डिङ कमिटीमा पुगेको भए यस अधिवेशनमा संसदमा बील आउने कुरो निश्चित हुने थियो। यो अधिवेशनमा 11 जातगोष्ठीको बील संसदमा पेश हुनेछ भन्ने कुरोमा कुनै आशा छैन। तथापि सांसदले गोर्खा जातिका छुटेका जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउनको निम्ति पहल गर्नु पर्छ। सांसद हामीले दिल्लीमा काम गर्नको निम्ति भोट दिएर पठाएको प्रतिनिधि हुन्‌‍, तिनले प्रभावकारी कदम उठाउन पर्छ। छुटेका गोर्खा जातिलाई एकै पल्टमा जनजातिको मर्यादा प्रदान गर्न असम्भव रहेको खण्डमा पटक पटक गरेर भए पनि जनजातिको मर्यादा दिनै पर्छ। यसको निम्ति सांसदले प्रभावकारी कार्य गर्न पर्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ