शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Share this news

खरसाङ, 11 जुलाई (निसं): खरसाङको सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयकमा अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिताको फाइनल सम्पन्न भएको छ। यस प्रतियोगिताको फाइनल राउण्ड 10 अनि 11 जुलाईको दिन सम्पन्न भएको हो। फाइनल राउण्डको आरम्भ विद्यालयका प्रधान अध्यापक फादर केविन मोक्तान, सह प्रधान अध्यापक फादर डेभिड एक्का अनि अतिथिहरूको बाहुलीबाट फूलको पौधामा पानी हालेर आरम्भ गरिएको थियो। हाजिरी जवाफ प्रतियोगिता प्रिलिमिनेरी राउण्ड 26 जूनको दिन सम्पन्न भएको थियो, उक्त प्रिलिमिनेरी राउण्डका विजेता दलहरू फाइनलमा प्रवेश गरेका थिए। प्रतियोगिता कक्षा 5-6, 7-8, 9-10, 11-12 का विद्यार्थीहरूमाझ सम्पन्न गरिएको थियो। 5-6 समूहमा कक्षा 6 डी विजय भयो भने कक्षा 7-8 समूहमा कक्षा 8 ए, कक्षा 9-10 समूहमा कक्षा 10 ए अनि कक्षा 11-12 समूहमा कक्षा 12 कमर्श विजय बन्यो। विजेता कक्षाका विद्यार्थीहरूलाई प्रमाण पत्र, स्मृति चिन्ह अनि पौधा प्रमुख अतिथि, विद्यालयका प्रधान अध्यापक अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। विद्यालयका शिक्षक लक्ष्मण छेत्रीले जानकारी दिए अनुसार यस हाजिरी जवाफ प्रतियोगिताको सम्पूर्ण कार्यक्रमलाई शिक्षक ग्यारेत करले सञ्चालन गरेका थिए अनि हाजिरी जवाफलाई शिक्षक-शिक्षिका डिकी लामा, भावना थापा, एरिक शेर्पा, एटनी तामाङ, अखिल तामाङले सञ्चालन गरेका थिए। कार्यक्रमको समन्वयक शिक्षक अनुप सुन्दास रहेका थिए। थीम आधारित राउण्ड, मिक्स ब्याक राउण्ड, बजर राउण्ड, ग्याम्लिङ राउण्ड अनि रेपिड फायर राउण्ड गरेर फाइनल प्रतियोगिता सम्पन्न गरिएको थियो। 10 जुलाईको दिन सम्पन्न भएको फाइनल प्रतियोगितामा फादर पीटर जोहन लेप्चा, फादर रोशन मिञ्ज, फादर अञ्जुमन अतिथिको रुपमा उपस्थित रहेका थिए भने 11 जुलाईको दिन सम्पन्न भएको फाइनल प्रतियोगितामा भारतको राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक, पूर्व फुटबल खेलाड़ी एवं पूर्व विद्यार्थी क्रिस्पियन छेत्री मुख्य अतिथिको रुपमा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा विद्यालयका प्रधान अध्यापक फादर केविन मोक्तान, खरसाङ टुरिष्ट लजका प्रबन्धक प्रवीण प्रधान अनि अन्यान्य उपस्थित रहेका थिए। यस वर्षको हाजिरी जवाफ प्रतियोगिताको थीम गिव पिस ए चान्स अर्थात शान्तिलाई एक मौका दिउँ रहेको थियो। यसै थीममा अधारिक गीत कक्षा 11 अनि 12 का विद्यार्थीहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा मुख्य अतिथि क्रिस्पियन छेत्रीले प्रेरणादायी वक्तव्य राखेका थिए भने प्रधान अध्यापक फादर केविन मोक्तानले विद्यार्थीहरूले सुतेर मात्र सपना नदेख्ने, सुतेर देखेको सपना पुरा गर्नलाई उठेर, जागेर कार्य गर्ने, विश्‍वमा चलिरहेको अशान्तिको माहोलमा शान्तिपूर्ण वातावरण बनाइ राख्नको निम्ति सबैले मिलेर कार्य गर्नु पर्ने बताए। कार्यक्रममा क्रिस्पियन छेत्रीको जीवनी शिक्षिका सवनम देवानले पठन गरेकी थिइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ