वसुधाको रजत जयन्तीमा गौंथली अनि साँझ अनि अन्य कथाहरु-को लोकार्पण

Share this news

दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): वसुधा भारतीय नेपाली नारी साहित्यिक मञ्चको आयोजनामा मञ्चको रजत जयन्ती कार्यक्रमलाई विशेष केन्द्र गर्दै यसै पावन अवसरमा शुक्रबार गोर्खा दुःख निवारक सम्मेलन भवनको पुस्तकालय प्रेक्षा गृहमा कृति लोकार्पण सँगै अन्य विविध कार्यक्रमहरू सम्पन्न गरियो।
उक्त कार्यक्रम वसुधाका अध्यक्षा डा. गीता छेत्रीको अध्यक्षता, मञ्चका पूर्व अध्यक्ष साथै संस्थापक विन्द्या सुब्बा, बाल साहित्य अकादेमी पुरस्कार-2025 द्वारा पुरस्कृत हुने डा. साङमू लेप्चाको विशेष आतिथ्यमा सम्पन्न गरियो।
वसुधाका सचिव अमला सुब्बाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रथम चरणमा पद्मश्री सानु लामा, स्वर्गीय हरेन आले साथै अन्य सर्जकहरूको निधनमा शोक प्रकट गर्दै उनीहरूको आत्मा शान्तिको निम्ति दुई  मिनटको मौन धारण गरियो। कार्यक्रममा सचिव अमला सुब्बा छेत्रीले वार्षिक प्रतिवेदन सहित आगामी रजत जयन्तीबारे विशेषरूपमा आफ्नो वक्तव्य राखेकी थिइन्। त्यसै गरी, वर्तमान कोषाध्यक्ष वेदिका राईद्वारा मञ्चको वार्षिक हरहिसाबको सम्पूर्ण लेखाजोखा प्रस्तुत गरिन्।
यसै कार्यक्रमबीच अध्यक्ष डा. गीता छेत्रीले पूर्व अध्यक्ष विन्द्या सुब्बासँग गरिएको विविध कार्यप्रणालीलाई लिएर मञ्चको गतिविधी सम्बन्धित वक्तव्य प्रस्तुत गरिन्। विभिन्न कार्यक्रमहरूको साथमा सम्पन्न गरेको रजत जयन्तीको यसै कार्यक्रममा, उत्तरार्धको कार्यक्रममा वसुधा प्रकाशनद्वारा प्रकाशित कृतिहरू, वसुधाकी आजीवन सदस्या बसन्ती शर्माद्वारा लिखित ‘गौंथली’ कविता सङ्ग्रहको विधिवत लोकार्पण उपस्थित अतिथिहरूको बाहुलीबाट गरियो। स्रष्टा विषयमा डा. कमला तामाङले आफ्नो सारगर्भित मन्तव्य प्रस्तुत गरेपछि, पुस्तक विषयमा स्रष्टा स्वयंले आफ्नो मन्तव्य प्रस्तुत गरे। यसैगरी नै, वसुधा प्रकाशनबाट प्रकाशित अर्को पुस्तक ‘साँझ अनि अन्य कथाहरू’, उडिया भाषाका प्रख्यात कथाकार प्रशांत कुमार महन्तीका कथा सङ्ग्रह नेपाली भाषामा स्रष्टा साहित्यकार कौशल्या मुखिया सुब्बाद्वारा अनुदित पुस्तकको विधिवत लोकार्पण पनि यसै समारोहबीच गरिएको थियो। कथाकार विषयमा डा वीणा हाङखिमले मिठो वक्तव्य प्रस्तुत गर्दै कौशल्या मुखियाद्वारा अनुदित कृतिमाथि आफ्नो सारगर्भित मन्तव्य प्रस्तुत गरिन्। अनुवादिका कौशल्या मुखियाले आफ्नो पक्षमा अनुदित कृतिमाथि वक्तव्य प्रस्तुत गरिन्।
उपस्थित वसुधाका सदस्यहरूद्वारा कार्यक्रमलाई थप मनोरञ्जन तुल्याउँदै सिर्जना कार्यक्रममा कविता, गायन, गीत अनि कथाहरू पनि यस कार्यक्रममा प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष डा. गीता क्षेत्रीले आफ्नो अध्यक्षीय सम्बोधन गरेपछि कार्यक्रमको समापन गरियो।  यसै कार्यक्रम बीच डाक्टर साङ्लो लेप्चालाई पनि साहित्य एकादमी पुरस्कारले पुरस्कृत भएबापत समवर्धना जनाइयो।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ