पुरानो सिनेमा हल तर्फबाट बर्खाको भल अझ पनि सड़क हुँदै बजारमा

Share this news

खरसाङ,  (मोहन प्रसाद):बगिरहेको छ। खरसाङ पुरानो सिनेमा हल नजिक संग्लग्न क्षेत्रको थुनिएको र पुरिएको नाला पर्णरूपमा खोलिनु अझै पनि बाँकी नै रहेको छ। यसको कारण बर्खाको पानी साथै अन्य संलग्न नाला-झोड़ाबाट ओभर फ्लो भएर बग्ने पानी अहिले पनि सड़कमा बग्ने गरिरहेको छ। फलस्वरुप, राजमार्ग किनारमा रहेका घर-दोकानमा बर्खाको भल पसेर मानिसहरूले असुविधा भोग्नु परिरहेको रहेको छ भनी स्थानीय मानिसहरूले बताएका छन्‌‍। पत्रकारहरूसित बोल्दै स्थानीय निवासी सुदन सिंहले बताए अनुसार, गत वर्ष खरसाङ नगरपालिकाद्वारा खरसाङस्थित पुरानो सिनेमा हल नजिकको बन्द भएको झोड़ालाई खोल्ने कार्य गरिएको थियो भने रेलवे क्वाटरको मुनिलो भागमा रहेको पुरानो नालालाई पनि खोल्ने कार्य गरिएको थियो। पुरानो नाला लामो दूरीसम्म खोल्ने कार्य भए तापनि उक्त नालालाई झोड़ासम्म खोल्ने कार्य नभएको तिनले बताए । तिनले यो पनि जनाए कि उक्त नाला विभिन्न पानीको पाइपले जाम भएको छ। वर्खाको पानी नालामा बग्ने ठाउँ नै छैन्‌‍ अनि सड़कमा बगिरहेको छ। बर्खामा सड़कमा बग्दै गरेको भललाई नाला तर्फ लैजानको निम्ति त्यहीँ सड़क किनारमा रहेको रेलवे लाइनको स्लीपरको मुनिबाट पानी बग्ने ठाउँ प्रबन्ध गरेको खण्डमा, खरसाङ बजार क्षेत्रमा भल बग्ने थिएन एवं घर दोकानमा पानी पस्ने थिएन। तर खेदको कुरो यो छ कि शोसल मिडिया मार्फत्‌‍ साथै समाचार पत्र मार्फत्‌‍ उक्त विषयमा तिनले धेरै पल्ट सम्बन्धित निकायको ध्यान आकर्षण गर्ने प्रयास गर्दा पनि अहिले पनि उक्त विषयमा कुनै पनि सम्बन्धित अधिकारी अघि नआएको तिनले जनाए । तिनले थप जनाए अनुसार, सन्त पावल चर्च परिसरदेखि खरसाङ्को पुरानो सिनेमा हल नजिकसम्म रेलवे लाइनको किनारमा पुरानो नाला रहेको छ, जो धेरै दशक देखि बन्द रहेको छ। उक्त क्षेत्रबाट पनि सड़क किनार हुँदै भल बजारमा बग्ने गरिरहेको छ। जसले गर्दा सबै वर्गका मानिसहरूले समस्या भोग्नु परिरहेका छन्‌‍। मीडिया मार्फत तिनले एकपल्ट पुन: सम्बन्धित निकायहरूको ध्यान आकर्षण गराएको पनि तिनले बताए । सुदन सिंह बाहेक कतिपय अन्य स्थानीयहरूले पनि राजमार्गमा बग्ने भलको सठीक व्यवस्थापन विगतको दशकहरू झैं रेलवेसित मिलेर गर्नु पर्ने बताएको छन्‌‍। स्थानीय मानिसहरूले विगत वर्ष यहाँको झोड़ामा अड़किएको फोहोर-मैला निकालेर सिमेन्टको बोरहरूमा हालेर बरको फेदमा राखिएको र त्यो अहिलेसम्म नउठाइएको पनि गुनासो गरे।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ