वरिष्ठ नागरिक कल्याण समितिले विधायकलाई जनायो सम्बर्द्धना

Authored By: Hanok

Share this news

तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनले आफ्नो निजी भवनमा एक भव्य सम्बर्द्धना समारोह कार्यक्रम आयोजना गरी खरसाङ्का विधायक सोनाम लामालाई सम्बर्द्धना साथै सम्मान जनाएको छ। संगठनका सभापति दावा दोर्जे लामाको अध्यक्षतामा साथै सचिव सुरेशचन्द्र दर्नालको सञ्चालनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा संगठनका संरक्षक जेबी गुरुङले स्वागत भाषण राख्दै संगठनका प्रथम संस्थापक सदश्यवर्गको पनि सम्झना गराए। उनले विधायकलाई सम्बर्द्धना जनाउने क्रममा शिरमा परम्परागत गोर्खे टोपी पहिराइ अभिनन्दन जनाए साथै पीके सेवा, जितबहादुर गुरुङ, एसएन प्रधानद्वारा खादा लगाई सम्मान गरे। त्यसरी नै विमल दर्जीद्वारा विधायकको सम्मान पत्र पठन गरेर सम्बर्द्धना पत्र सभापति दावा दोर्जे लामाको बाहुलीबाट विधायक सोनाम लामालाई ससम्मान प्रदान गरे।

कोषाध्यक्ष गौतम मोक्तान, उपाध्यक्ष जयप्रकाश गुप्ता लगायत संगठनका सदस्य-सदस्यवर्ग साथै उपस्थित जनसाधारण, स्थानीय पञ्चायत सदस्य, योगराज प्रधान र सुस्मिता गजमेरले एक-एक गर्दै खदा लगाई विधायकलाई बधाई तथा शुभकामना व्यक्त गरे। सचिव सुरेशचन्द्र दर्नालद्वारा स्थानीय विभिन्न आधारभूत आवश्यकताहरुबारे संगठनको पक्षबाट विधायक समक्ष ज्ञापन पत्र पेश गरे जसमा दीर्घकालीन मांग तीनधारे राजबारीको उप स्वास्थ्य केन्द्रलाई बीस बेडको स्वास्थ्य केन्द्रमा परिणत गरिनु पर्ने, तीनधारे क्षेत्र एक प्रतिष्ठित उद्योग केन्द्र भएकाले अग्नि शमन विभाग केन्द्र तीनधारेमा स्थापित गरिनु पर्ने, सरकारबाट महिलावर्गलाई सरकारी बसहरुमा निःशुल्क यात्राको सहुलियतबाट तीनधारे, सुकुना, महानदी , गिद्दपहाड़, क्षेत्रका महिलावर्ग उक्त सहुलियत तथा अधिकारबाट वञ्चित भइरहेकाले यस एनएच 110 मार्ग भएर पनि केही सरकारी बसहरु चलाउन पर्ने आवश्यक रहेको, संगठनको पुरानो अचल एम्बुलेन्सको बदलीमा नयाँ एम्बुलेन्सको निम्ती पहल, संगठन भवनलाई केही विस्तार गरेर पुनर्निर्माण गरिनुपर्ने, तीनधारेको हायवे सडकभरि सोलर स्ट्रिट लाइट जडान गरिन पर्ने साथै ग्राम पञ्चायतमा प्रोटेक्सन वाल देवाल र नालीको स्किम पनि हुन पर्नेबारे अवगत गराएका छन्‌‍।

प्रह्लाद रसाईली र कुमार छेत्रीद्वारा ज्ञापन पत्र पठन गरेका थिए भने स्थानीय ग्रामवासीले पनि आ-आफ्ना समस्या गुनासो र आवश्यकताहरुबारे पनि विधायकलाई निवेदन पत्रहरु चढाए। विधायक सोनाम लामाले वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेबाट यसरी सम्बर्द्धना कार्यक्रम आयोजना गरी आफूलाई सम्मान जनाएकोमा अति हर्ष प्रकट गर्दै आफूमा मनोबल, उत्साह र उर्जा बढ़ेको ब्यक्त गर्दै आभार प्रकट गरेका छन्‌‍।उनले शिक्षा, स्वास्थ्य, सड़क जस्ता अनि जनताका विभिन्न आधारभूत आवश्यकताहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए साथै जनताको मत र विश्वासलाई कहिल्यै खेर जान नदिने सधैँ जनताकै सुख र दुःखमा साथ रहने भरोसा व्यक्त गरे। विधायकका साथमा मण्डल सभापति उमेश प्रधानको पनि उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

सिटोङमा राष्ट्रिय स्वयंसेवक संघको तीनदिने प्रारम्भिक प्रशिक्षण वर्ग सम्पन्न

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

मिनर्भा एकेडेमीले गोथिया कप जित्दै इतिहास रच्यो, युरोपियन डबल पूरा

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको आह्वान: ‘जुलाई २० को संसद मार्च भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सोनम वाङचुकको अस्पताल स्थानान्तरण ‘मनमानी होइन’ भन्ने दिल्ली उच्च अदालतको फैसला

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

सामसुङद्वारा अमेरिकी रोजगारी कटौती र मुख्यालय टेक्सास सार्ने तयारी, कर्मचारीलाई स्थानान्तरणको प्रस्ताव

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

जम्मू-कश्मीरमा बाढी र पहिरोको वितण्डा: पुञ्च र राजौरीमा ११ जनाको मृत्यु, ७ बेपत्ता

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

उच्च शिक्षाका लागि तमिलनाडु सरकारको ठूलो निर्णय, विद्यार्थीहरूलाई ७.५ लाखसम्म बिना धितो शिक्षा ऋण

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

आमतला कार्यालयमा बुलडोजर चलाइएको विरुद्ध अभिषेक बनर्जीको उच्च अदालतमा अपील, आजै सुनुवाइ हुँदै

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

इरानको हिट लिस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प: तेहरानमा राखियो शवसहितको विशाल बिलबोर्ड

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आमिर खानलाई लरेन्स बिश्नोई ग्याङबाट ज्यान मार्ने धम्की: ‘लभ जिहाद’ को आरोप र विवाहको विवाद

आजको रोजाइ