रिन्छेनले यूजीसी नेट अनि जीआरएफ परीक्षामा एकैचोटि 98.22 प्रतिशत अंकको साथमा उत्तीर्ण गरिन्‌‍

Share this news

खरसाङ, 23 जुलाई (मोहन प्रसाद)ः एकपल्ट पुन: पहाड़की एक छोरीले शिक्षाको क्षेत्रमा आफ्नो परिवार संगै सम्पूर्ण पहाड़को नाम उच्च गरेकी छिन्‌‍। खरसाङस्थित बरबुङ बस्ती निवासी बुद्ध तामङ (बल) अनि मिङ्मा तामङ्की छोरी रिन्छेन तामङ (बल) ले हालैमा सम्पन्न यूजीसी नेट अनि जीआरएफ परीक्षामा एकैचोटि 98.22 प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेकी छिन्‌‍। यसरी रिन्छेन तामाङ पहाड़बाट अधिकत्तम अंक ल्याएर यूजीसी नेट अनि जीआरएफ परीक्षामा एकैचोटि उत्तीर्ण गर्ने अब्बल प्रतियोगी बनेकी छिन्‌‍। तिनको यो सफलताको कारण घर-परिवार संगै क्षेत्रमा नै एउट खुशी को वातावरण सृजना भएको छ। पत्रकारहरूसित बोल्दै पहाड़की गौरव रिन्छेन तामङ्की पिता बुद्ध तामङ (बल) ले हर्ष व्यक्त गर्दै मीडिया मार्फत्‌‍ उक्त गौरवान्वित खबर साथै खुशी साझा गरेका छन्‌‍। तिनले बताए अनुसार, तिनकी छोरीले पहिला देखिनै शिक्षाको क्षेत्रमा धेरै मेहनत गर्दै आइरहेकी थिइन्‌‍। फलस्वरुप आज तिनको छोरीले घर-परिवार संगै सम्पूर्ण क्षेत्रको नाम उच्च गरेकी छिन्‌‍। छोरीको सफलताले तिनी अनि तिनका परिवारका सदस्यहरू धेरै खुशी रहेका छन्‌‍। खुशी व्यक्त गर्ने क्रमलाई अघि बढ़ाउँदै बरबुङ बस्ती निवासी एकजना स्थानीय रिवाज लामाले बताए अनुसार, उक्त खबरले सम्पूर्ण गाउँमा नै एउटा खुशीको वातावरण बनेको छ। रिन्छेन तामङले शिक्षाको क्षेत्रमा प्राप्त गरेकी उक्त सफलता गाउँ-घरको निम्ति मात्र नभएर सम्पूर्ण क्षेत्रका विद्यार्थीहरूको निम्ति एउटा प्रेरणाको स्रोत बनेको छ। बाल्यकालदेखि नै पढ़नमा अब्बल, शिक्षाको क्षेत्रमा सक्रिय रहने रिन्छेन तामङ लगभग सबै कक्षामा पहिलो डिभिजन उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने गर्थिन्‌‍। 2015 मा खरसाङस्थित सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेकी रिन्छेनले 2017 मा खरसाङस्थित सन्त एन्थोनी विद्यालयबाट आईएससी परीक्षामा उत्कृष्ट अंक ल्याएर टपर बनेकी थिइन्‌‍। पछि कलकत्ताको जादवपुर युनिभर्सिटीबाट पोलिटिकल साइन्समा अनर्स गर्दै बीए, एमए पछि बीएड गरेकी थिइन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ