राजतन्त्रको पुनर्स्थापना केवल दिवास्वप्न हो: प्रधानमन्त्री ओली

Share this news

सिरहा: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजतन्त्र पुनर्स्थापना हुने कल्पना गर्नु केवल दिवास्वप्न मात्र भएको बताएका छन्।

मंगलबार सिरहा जिल्ला सदरमुकाममा आयोजित नेकपा (एमाले) को ११औं जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले अब कहिल्यै पनि राजतन्त्र स्वीकार नगर्ने स्पष्ट पारे। उनले फागुन १५ गते राजतन्त्र समर्थकहरूद्वारा गरिएका गतिविधिहरूले उनीहरूको वास्तविकता उजागर भएको टिप्पणी गरे।

“राजतन्त्र पुनःस्थापना दिवास्वप्न मात्र हो। यसको कुनै अर्थ छैन। फागुन १५ को कार्यले त्यो सपना चकनाचुर भएको छ,” प्रधानमन्त्री ओलीले भने। साथै, अहिलेको व्यवस्था हट्ने कुनै सम्भावना नभएको उनले जनतालाई आश्वस्त पारे।

प्रधानमन्त्री ओलीले सर्वसाधारणको घर, औषधि कम्पनी, सञ्चार गृहमा आगजनी गर्ने, मानिसलाई घरभित्र थुनेर जलाएर मार्ने जस्ता अराजक र विनाशकारी गतिविधिहरू अब स्वीकार्य नहुने बताए।

सरकार सुशासन, विकास र समृद्धिमा केन्द्रित रहेको प्रधानमन्त्री ओलीले पुनः दोहोर्‍याउँदै, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न आफू प्रयासरत रहेको उल्लेख गरे।

सामाजिक न्याय, समानता, समावेशिता र समानुपातिक प्रणालीलाई प्रभावकारी बनाएर लोकतन्त्रलाई सुदृढ बनाउने प्रतिवद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा धनुषा र सिरहा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुल समयमै सम्पन्न गर्न सरकारले विशेष ध्यान दिएको जानकारी गराए।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री ओलीले जनकपुरस्थित मधेस प्रदेश सभामा पनि सम्बोधन गरेका थिए।

Share this news
आजको रोजाइ
सोह्रऔं वित्त आयोग र छैटौं SFC अनुदानको बाँडफाँडबारे बैठक सम्पन्न

सोह्रऔं वित्त आयोग र छैटौं SFC अनुदानको बाँडफाँडबारे बैठक सम्पन्न

महिला सशक्तिकरण: परिवर्तनको आधार, पुस्तौँको प्रेरणा

महिला सशक्तिकरण: परिवर्तनको आधार, पुस्तौँको प्रेरणा

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

ममता बनर्जीले हाजरा क्रसिङमा एक व्यक्तिलाई थप्पड हानिन् , भयो झडप 

वैज्ञानिक डा. सागर भट्टराईको अन्तर्राष्ट्रिय सफलता, SCI Q1मा 

वैज्ञानिक डा. सागर भट्टराईको अन्तर्राष्ट्रिय सफलता, SCI Q1मा 

मन्त्रीपरिषद्को कार्यालय सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन  

मन्त्रीपरिषद्को कार्यालय सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन  

पटना सिटी एसपी दीक्षा यादवले बिहार छोडेर एजीएमयूटी क्याडरमा जाने

पटना सिटी एसपी दीक्षा यादवले बिहार छोडेर एजीएमयूटी क्याडरमा जाने

पेट्रोलभन्दा कम इथेनलको मूल्यले, इन्धनमा इथेनलको मात्राले माइलेज घट्ने

पेट्रोलभन्दा कम इथेनलको मूल्यले, इन्धनमा इथेनलको मात्राले माइलेज घट्ने

वैज्ञानिकहरूले जटिल र प्रतिस्पर्धी लक्ष्यहरूलाई सन्तुलनमा राख्नुपर्छ

वैज्ञानिकहरूले जटिल र प्रतिस्पर्धी लक्ष्यहरूलाई सन्तुलनमा राख्नुपर्छ

इरानका ९०स्थान लक्ष्यहरू विरुद्ध अमेरिकी आक्रमणको प्रतिक्रियामा

इरानका ९०स्थान लक्ष्यहरू विरुद्ध अमेरिकी आक्रमणको प्रतिक्रियामा

शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कार्य र विद्यार्थी ठगीमा नयाँ व्यवस्था 

शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कार्य र विद्यार्थी ठगीमा नयाँ व्यवस्था 

आजको रोजाइ