महानदीदेखि सिविटार जाने रोडमा पैह्रो, चाँड़ै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको दावी

Share this news

तीनधारे, 15 जुलाई (निसं): महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्‌‍। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राती र 26 जून बिहान गएको पैह्रोले सिविटारदेखि महानदी र खरसाङ जानलाई धेरै असुविधा भईरहेको छ भने खरसाङ र महानदीदेखि सिविटार चियाबारीको विभिन्न गाउँहरुमा जानलाई निक्कै असुविधा भईरहेको छ। अहिले यो पैह्रो क्षेत्रको रोड भएर गाडी कुदाउन निक्कै खतरा उत्पन्न भएको छ। केही दिन अघि यही पैह्रो भएर पिक अप भ्यान दुर्घटनाग्रस्त भएको थियो भने हालमा लगातार रुपमा परिरहेको पानी झरीले गर्दा कुनै पनि समय रोडको अरु भाग पनि पैह्रोले तान्न सक्ने खतरा उत्पन्न भएको बताइएको छ। अहिले यस पैह्रो क्षेत्रको रोड भएर साना गाड़ीहरू र स्कुटी-बाइकहरु मात्र कुदिरहेको छ। तर यस पैह्रोले प्रभावित यस रोडलाई झट्टै मरमत्ति गर्नु पर्ने देखिएको छ। पैह्रो झट्टै मरमत्ति नगरेको खण्डमा रोड सबै पैह्रोले तान्ने खतरा देखिएको छ। यो रोडमा गएको पैह्रोले सबै रोड नै तानेर लगेको खण्डमा सिविटार क्षेत्र कालापानीमा परिणत हुन सक्ने देखिएको छ। त्यसैले पनि यो पैह्रोले क्षतिग्रस्त बनाएको रोड मरमत्तिको लागि स्थानीयवासीले झट्टै पहल गरिदिने निवेदन क्षेत्रीय प्रतिनिधिहरुलाई गरेका छन्‌‍। यस विषयमा महानदी ग्राम पञ्चायतको सिविटारको क्षेत्रीय पञ्चायत सदस्य राजीव तामाङसित कुरा गर्दा सिविटार जाने रोडमा पैह्रो गएपछि महानदी ग्राम पञ्चायतको तर्फबाट भोलिपल्ट नै आएर तारपोलिन लगाउने कार्य गरिएको र ठूला गाड़ीहरु नकुदाउन साथै साना गाड़ीहरू पनि होसियारसाथ कुदाउने आह्वान्‌‍ गर्दै बोर्ड राखिएको बताए। उनले यस पैह्रो मरमत्तिको लागि सम्बन्धित विभाग र माथिल्लो तहसम्म पत्रचार गरिएको बताएका छन्‌‍। उनले यस पैह्रो मरमत्तिको लागि सम्बन्धित विभागको तर्फबाट 25 जून र गत 13 जय जुलाईमा पनि निरीक्षणमा आएको र यस पैह्रो मरमत्तिको लागि कार्य चाँड़ै शुरु गरिने पनि बताएका छन्‌‍। पञ्चायत सदस्य राजीव तामाङले सिविटारको रोडमा गएको पैह्रोको मरमत्तिको लागि पहल भइरहेको र अब मरमत्ति कार्य शुरु गरिने र यदि मरमत्ति कार्य शुरु नभए आफुहरुले अझ सशक्त रुपमा पहल गर्ने पनि जानकारी गराएका छन्‌‍। उनले स्थानीय सिविटारका जनसाधारणलाई धैर्य धारण गरेर बसिदिने र यो रोडको मरमत्तिको कार्य चाँड़ै शुरु हुने बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ