महंगाईको धेर मर्कामा पहाड़वासी: समाधानको आवश्यकता

Share this news

खरसाङ,8 जुलाई(सुवास छेत्री): एकातिर देशमा महंगाई बढ़ेको बढ़ेकै छ अर्कोतिर देशमा गरीबी पनि उत्तिकै बढ़ीरहेछ। तर देशको यो महंगाईको भार अझ पहाड़ी क्षेत्रमा बसोबासो गर्ने मानिसहरूमा धेर परेको छ। मधेशको तुलनामा पहाड़मा बसोबासो गर्ने मानिसहरूले यातायतमा हुने महंगाईको कारण चिजबीजको मूल्य प्राय: दोब्बर नै तिर्नु पर्ने हुन्छ। अहिले खरसाङमा मात्रै पनि एउटा घरेलु खाना पकाउने ग्यासको मूल्य प्राय: बाह्रसय पुग्छ। त्यसरीनै अन्य सामाग्रीहरूको मूल्य पनि पहाड़वासीले मधेशकोभन्दा केही अधिकनै तिर्नु पर्छ। तर पहाड़वासीको आयश्रोतको माध्यम भने दिनप्रतिदिन घटिरहेछ। दार्जीलिङ पहाड़को आयश्रोतको माध्यम भनेकोनै चिया, पर्यटक र टिम्बर हो। तर चिया कमानमा आश्रित चिया श्रमिकहरूकै दैनिक ज्याला केवल दुइसय रुपियाँ छ भने आजको महंगाईमा जाबो दुइसय रुपियाँले श्रमिकहरू कसरी जीवन धान्छन्? सोझै अनुमान लगाउन सकिन्छ। अर्को पहाड़को आयश्रोतको माध्यम पर्यटक हो। तर यहाँ पर्यटकको सुविधा अनि उनीहरूको मनोरञ्जनको निम्ति सरकारी पक्षबाट उस्तो विकास नै भएको छैन, जसको कारण आजपर्यन्त पर्यटकहरू धेरैजसो दार्जीलिङमा बस्न अनि घुम्न रुचाउँदैनन् बरू छिमेकी अनि हिमाली राज्य सिक्किमतिर जान्छन्। अब पर्यटननै नफ्रस्टाएपछि पर्यटन क्षेत्रबाट कसरी आर्थिक सुधार हुने? टिम्बर त अचेल कुरै नगरे हुन्छ दार्जीलिङ पहाड़मा। भएका टिम्बरहरू काटेर सके, नयाँ लगाउने कुरै छैन्। टिम्बरबाट हुने आर्थिक फाइदा जनसाधारणको सोचदेखिको बाहिरको हो। त्यसर्थ पहाड़वासीलाई हुने आर्थिक संकटको मुख्य कारण यिनीहरूनै हुन्। दार्जीलिङ पहाड़मा रहेका विभिन्न राज्य अनि केन्द्र अधिनस्थ कार्यालयहरूमा स्थायी रोजगारको निम्ति अन्तर्वार्ता नभएको धेरै भइसक्यो। पहाड़का मानिसहरू सरकारी नोकरी पाउनबाट वञ्चित बनेका छन्। सरकारी ती कार्यालय तथा निकायहरूमा कम्ती वेतनमा अस्थायी अथवा कन्ट्रयाक्चुएल बेसिसमा काम दिइन्छ जुन वेतनले उसलाई परिवार चलाउन निक्कै हम्मे पर्छ वर्तमान महंगाईको समयमा। पहाड़वासीलाई पर्न गएको महंगाईको मार अनि आर्थिक समस्याको भारबारे कोही चिन्तित छैनन्। सांसदहरूले किन सदनमा उठाउँदैनन् यी कुराहरू? विधायकहरू किन सोच्दैनन् जनताका यी समस्याहरूबारे? किन देख्छन् सबै ठाउँमा केवल राजनीति? गाड़ीको दोब्बर भाड़ा तिरेर यात्रा गर्नुपर्ने, चीजबिजको मूल्य मधेशको भन्दा दोब्बर हुने तर चिया श्रमिकको दैनिक हाजिरामा वृद्धि नहुने,पहाड़का सरकारी कार्यालयतिर स्थानीयहरूले स्थायी रोजगार नपाउने आदि जस्ता कुराहरू उठाउन सकून, जनताको आवाजलाई उचित ठाउँसम्म पुर्याइ दिइयोस भनेर नै नेता चुन्छन् जनता। भोट हाल्छन्, झण्डा समाउँछन्, जिन्दाबाद र मुर्दाबाद भन्छन्। तर त्यही नेता अनि मन्त्रीहरूले जनताको समस्या र आवाजलाई सटीक ठाउँमा पुर्याउँदैनन् भने अबको केही वर्षपछि भोटनै नहाल्ने प्रथा पनि बस्नसक्छ भन्ने आशङ्का सबैमा छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ