मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

Share this news

खरसाङ, 28 जून (निसं)ःअहिले असार महिनाको 15 गते, मध्य बर्खाको समय रहेको भए तापनि खरसाङ घुम्न आउने पर्यटकहरूको उत्साहमा कुनै कमी देखिएको छैन। प्रत्येक दिन खरसाङमा पर्यटकहरू घुम्न आइरहेका छन्, हिउँदोको तुलनामा संख्यामा केही कमी अवश्यै रहेको हुन सक्छ तथापि खरसाङको हनुमान डाँड़ा, डाउहिलको फरेष्ट डाउहिल ट्रेक इको पार्क, बरबुङ माथिको भ्यू पोइन्ट, नयाँ बस्ती सिक्सेन पाखाको हेवन द पाईन फरेष्ट ईको पार्कमा पर्यटकहरू आइरहेका छन्। अहिले आइरहेका यी पर्यटकहरू मध्ये धेरै सिलगढ़ी, मतिगढ़ा, एनजेपी जस्ता नजिकका स्थानबाट पाइएका छन्। शुक्रवार खरसाङको डाउहिलस्थित डीयर पार्क, डाउहिल ट्रेक ईको पार्क, हनुमान डाँड़ामा पर्यटकहरू राम्रै संख्या देखिए। यी पर्यटकहरूलाई कहाँबाट आएको भनी प्रश्‍न गर्दा कसैले सिलगढ़ी, कसैले एनजेपी, सकैले मतिगढ़ाबाट आएको बताए। घुम्न आउने पर्यटकहरू मध्ये कतिपय मोटर बाईक र स्कुटीमा पनि आएका थिए। पर्यटकहरू मध्ये कतिपयले अहिले मधेशमा धेरै गर्मी रहेकोले चिसो हावा खान र घुम्नको निम्ति खरसाङ आएको बताउदै घुमेर बेलुका फर्किने पनि बताए। स्मरण गराइन्छ, खरसाङमा अघिको तुलनामा पर्यटकहरूको आगमनमा वृद्धि भएको छ। पर्यटकहरूलाई घुम्नको निम्ति अघिको तुलनामा वर्तमानमा खरसाङको पर्यटन स्थलहरूको विकासमा पनि केही कार्य भएको छ। अहिले पर्यटकहरू खरसाङको हुनुमान डाँड़ा, डाउहिल ट्रेक फरेष्ट ईको पार्क, डियर पार्क, चिम्नी, गिद्धे पहाड़को भ्यू पोइन्टमा घुम्ने अनि रमाउने गरेका छन्। खरसाङमा सम्भावित पर्यटन पूर्वाधारहरूको अझ विकास गर्न सकिएको खण्डमा अझ बढ़ी संख्यामा पर्यटकहरू भित्राउन सकिने यस व्यसायसित सम्बन्धित कतिपय मानिसहरू बताउछन्।


Share this news
आजको रोजाइ
रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

“आह्लादित”को लोकार्पण

“आह्लादित”को लोकार्पण

राब्गे गोर्खा राईको प्रश्न

आजको रोजाइ