मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

Share this news

खरसाङ, 28 जून (निसं)ःअहिले असार महिनाको 15 गते, मध्य बर्खाको समय रहेको भए तापनि खरसाङ घुम्न आउने पर्यटकहरूको उत्साहमा कुनै कमी देखिएको छैन। प्रत्येक दिन खरसाङमा पर्यटकहरू घुम्न आइरहेका छन्, हिउँदोको तुलनामा संख्यामा केही कमी अवश्यै रहेको हुन सक्छ तथापि खरसाङको हनुमान डाँड़ा, डाउहिलको फरेष्ट डाउहिल ट्रेक इको पार्क, बरबुङ माथिको भ्यू पोइन्ट, नयाँ बस्ती सिक्सेन पाखाको हेवन द पाईन फरेष्ट ईको पार्कमा पर्यटकहरू आइरहेका छन्। अहिले आइरहेका यी पर्यटकहरू मध्ये धेरै सिलगढ़ी, मतिगढ़ा, एनजेपी जस्ता नजिकका स्थानबाट पाइएका छन्। शुक्रवार खरसाङको डाउहिलस्थित डीयर पार्क, डाउहिल ट्रेक ईको पार्क, हनुमान डाँड़ामा पर्यटकहरू राम्रै संख्या देखिए। यी पर्यटकहरूलाई कहाँबाट आएको भनी प्रश्‍न गर्दा कसैले सिलगढ़ी, कसैले एनजेपी, सकैले मतिगढ़ाबाट आएको बताए। घुम्न आउने पर्यटकहरू मध्ये कतिपय मोटर बाईक र स्कुटीमा पनि आएका थिए। पर्यटकहरू मध्ये कतिपयले अहिले मधेशमा धेरै गर्मी रहेकोले चिसो हावा खान र घुम्नको निम्ति खरसाङ आएको बताउदै घुमेर बेलुका फर्किने पनि बताए। स्मरण गराइन्छ, खरसाङमा अघिको तुलनामा पर्यटकहरूको आगमनमा वृद्धि भएको छ। पर्यटकहरूलाई घुम्नको निम्ति अघिको तुलनामा वर्तमानमा खरसाङको पर्यटन स्थलहरूको विकासमा पनि केही कार्य भएको छ। अहिले पर्यटकहरू खरसाङको हुनुमान डाँड़ा, डाउहिल ट्रेक फरेष्ट ईको पार्क, डियर पार्क, चिम्नी, गिद्धे पहाड़को भ्यू पोइन्टमा घुम्ने अनि रमाउने गरेका छन्। खरसाङमा सम्भावित पर्यटन पूर्वाधारहरूको अझ विकास गर्न सकिएको खण्डमा अझ बढ़ी संख्यामा पर्यटकहरू भित्राउन सकिने यस व्यसायसित सम्बन्धित कतिपय मानिसहरू बताउछन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ