बिजनबारी बहुआयामिक साहित्यिक कार्यक्रमको हुने

Share this news

बिजनबारी,11 जुलाई(निसं): शब्द साधना मञ्च पुलबजार र साहित्य अकादेमी, नयाँ दिल्लीको संयुक्त आयोजनामा बिजनबारी भेगमा पहिलोपटक बहुआयामिक साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ। शब्द साधना मञ्च, पुलबजार र साहित्य अकादेमी, नयाँ दिल्लीको संयुक्त आयोजनामा बिजनबारी भेगमा पहिलोपटक नेपाली साहित्यलाई केन्द्र गरि एक भव्य र बहुआयामिक साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ। आउँदो 19 जुलाईको दिन पुलबजारको सार्वजनिक भवन, अप्पर लाइनमा हुने कार्यक्रममा नेपाली भाषाका स्थापित तथा नवप्रतिष्ठित लेखकहरूद्वारा कार्यपत्र प्रस्तुति तथा विचार आदानप्रदान गरिने आयोजक समितिले जनाएको छ। यसका साथै यस्तो प्रतिष्ठित एवं स्तरीय कार्यक्रम पुलबजारमा पहिलोपटक आयोजना हुन लागेको हो बताइएको छ।
मुख्य रूपमा कार्यक्रम दुई सत्रमा हुने बताइएको छ। जसमा पहिलो सत्र साहित्य मञ्च बिहान 10 बजे सुरु हुनेछ भने साहित्य मञ्च कार्यक्रममा चारजना लेखकहरूले नेपाली साहित्यका विविध पक्षमा आफ्नो अध्ययन प्रस्तुत गर्नेछन्।
कार्यक्रमको स्वागत भाषण साहित्य अकादेमी नेपाली परामर्श समितिकी सदस्य आशा मुखिया लामाले दिनेछिन् भने अध्यक्षता शब्द साधना मञ्चका सभापति भक्त कुमार सुब्बाले गर्नेछन्। यसैगरी कार्यक्रममा विनुपा राईले नेपाली कवितामा लैङ्गिकता र तृतीय प्रकृतिको परिचय यस्तै कर्ण विरहले भारतीय नेपाली गजलमा स्वरूप र प्रयोग, कमल भट्टराईले बाल साहित्यको समग्र अध्ययन अनि डा. महेश दाहालले समकालीन तथा उत्तरआधुनिक कविता विश्लेषणमाथि आ आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्। यस्तै कार्यक्रमको दोस्रो सत्रमा एम पथिकसँग विशेष भेटघाट केन्द्रित रहनेछ। जसमा प्रख्यात साहित्यकार एम पथिकसँग विशेष भेटघाट र अन्तरक्रिया हुनेछ। नेपाली साहित्यको योगदानमा महत्त्वपूर्ण स्थान राख्ने पथिकसँगको यो सजीव संवाद कार्यक्रमको अर्को आकर्षण हुने समेत आयोजक समितिले जनाएको छ। यसका साथमा सम्पूर्ण साहित्यप्रेमी, लेखक, विद्यार्थी तथा दार्जिलिङ क्षेत्रका बौद्धिक समुदायलाई कार्यक्रममा उपस्थित भई नेपाली साहित्यको समृद्ध बहस र चिन्तनमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको आयोजक समितिको पक्षमा कवि कर्ण विरहले गरेका छन।याद रहोस् शब्द साधना मंच गत मार्च महिनामा पुलबजार क्षेत्रबाट शुरु गरिएको साहित्यिक सस्थान हो भने सस्थाले छोटो अवधिमा साहित्य संबंधित धेरै महत्त्वपूर्ण कार्यहरु गरिसकेको छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ