बाईपास रोड पुनः खोलिन लगभग एक महिला लाग्ने

Share this news

खरसाङ, (निसं)ः सड़क क्षतिग्रस्त बनेकोले बन्द राखिएको कप्तान सुरज शर्मा पथमा यान-वाहनको चलाचल पुनः आरम्भ हुनलाई लगभग एक महिला जति समय लाग्ने देखिएको छ। मंगलवारदेखि यो सड़कको मरमत कार्य आरम्भ भइसकेको छ। यो सड़कमा रहेको कलभर्टको देवाल वर्षाको भलले बगाएर भत्काएको थियो भने सड़क मुनि रहेको कलभर्टको दुईतिरको जमिन वर्षाको भलले काटिदिएकोले सड़कमा भ्वाँङ परेको थियो अनि सड़क पनि दबिएको अवस्थामा थियो। सड़क मरमत कार्य आरम्भ गरिएपछि अहिलेसम्म कलभर्ट रहेको सड़कलाई पूर्ण रुपले भत्काउने कार्य भइसकेको छ। वर्षाको समयमा पनि सड़क मरमतको निम्ति कार्य भइरहेको छ। कलभर्टको भत्किएको देवाल खनेर निकाल्न पर्ने अनि त्यसपछि कलभर्टको सतह निर्माण गरेर कलभर्टको दुवै तर्फ देवाल लगाएर सड़क सतहमा ढलाई गर्न पर्ने भएकोले मरमतको कार्य समाप्त हुनलाई निकै समय लाग्ने देखिएको छ। यस बारेमा कलभर्ट मरमतको कार्य स्थलमा रहेका ठेकेदार रवीन तामाङले बताए अनुसार कलभर्टको दुवै तर्फको देवाल भत्काएर, सतह तयार गरेर, दुवै तर्फ देवाल लगाउन पर्ने, देवालको काम सकिएपछि सड़क सतहमा ढलाई गर्न पर्ने र उक्त ढलाई गाढ़ी चलाचलको निम्ति तयार हुनलाई निकै समय लाग्ने बताए। स्मरण गराइन्छ, खरसाङ बजारमा यातायात बाग्लो चलाचल भएको अवधिमा दार्जीलिबाट सिलगढ़ी जाने प्रत्येक गाड़ीलाई यो बाटो भएर सिलगढ़ी पठाइन्थ्यो। वर्तमानमा यो बाटो बन्द रहेकोले दार्जीलिङदेखि सिलगढ़ी जाने प्रत्येक गाड़ी खरसाङ बजार पसेर कुदिरहेका छन्‌‍। खरसाङ्को कतिपय स्थानीय सेण्डिकेटका गाड़ीहरू, विद्यार्थी बोक्ने गाड़ीहरू पनि यसै बाटो भएर कुद्ने गरेका थिए। यी सबै गाड़ी वर्तमानमा खरसाङ बजार भएर कुदिरहेकाले खरसाङ बजारको राष्ट्रिय राजमार्गमा यान-वाहनको चलाचलमा व्यापक वृद्धि भएको छ, जसको कारण गाड़ी जामको स्थिति सृजना भइरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ