नेपाली भाषामा साइन बोर्ड लगाउने महासंघद्वारा विद्यालयहरूलाई अनुरोध

Share this news

तीनधारे,23 जुलाई(निसं): अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट नेपाली भाषामा नै साइन बोर्डहरु लेखिदिने मागमा विभिन्न स्कूलहरुमा गएर ज्ञापन पत्र बुझाउने कार्य गरेका छन्‌‍। विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट आजदेखि विभिन्न प्राथमिक पाठशालाहरु, हाई स्कूल, निजी स्कूलहरुमा गएर जीटीएको तर्फबाट जारी अधिसूचनाको आधारमा आफ्नो आफ्नो स्कूलको साइन बोर्डहरु आगामी भाषा मान्यता दिवस अघि नै नेपाली भाषामा नै लेखिदिने अनुरोध गर्दै पत्रचार गरेका छन्। उक्त पत्राचार गर्ने कार्य आज प्रथम दिन तीनधारे महानदी समष्टिको घैयाबारी र महानदी क्षेत्रमा रहेका विभिन्न विद्यालयहरु, प्राथामिक पाठशालाहरु र निजी स्कूलहरु सामेल छन्‌‍। सबै स्कूलहरुमा पुगेर विद्यार्थी महासंघले आगामी भाषा मान्यता दिवस अघि नै नेपाली भाषामा स्कूलको साइन बोर्डहरु लेखिदिने अनुरोध गर्दै पत्रचार गरेका छन्‌‍। यस क्रममा विद्यार्थी महासंघले घैयाबारी नेताजी हाई स्कूल, नेताजी प्राथमिक पाठशाला, ब्लु डाईमण्ड अंग्रेजी स्कूल, ड्याब जोबियल स्कूल, महानदी हाई स्कूल, गाँधी मेमोरियल प्राथमिक पाठशाला, अन्य निजी स्कूहरुमा पनि पुगेर प्रधान अध्यापक, प्राचार्य, शिक्षक प्रभारी लगायत शिक्षक शिक्षिकाहरुलाई भेटेर नेपाली भाषामा साइन बोर्डहरु लेखिदिने अनुरोध गर्दै पत्रहरु सुम्पेका छन्‌‍। यस टोलीमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान लगायत सदस्यहरु विपन विश्वकर्म, मनोहर थापा, पञ्चायत सदस्य राजीव तामाङ, सांगठनिक सचिव प्रयास प्रधान, प्रचार प्रसार सचिव पुरण राई, सदस्य भभित प्रधान साथै अन्यहरु उपस्थित रहेका थिए। यस टोलीले बुधवार पहिलो दिन तीनधारे महानदी समष्टिको घैयाबारी र महानदी क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुमा पुगेर नेपाली भाषामा साइन बोर्डहरु लेखिदिने अनुरोधमा पत्र सुम्पेका छन्‌‍ भनी सभापति सुभम प्रधानले बताएकस छन्‌‍। उनले बताए अनुसार अब आगामी दिनमा तीनधारे महानदी समष्टिको घैयाबारी ग्राम पञ्चायत दुई र शिवखोला ग्राम पञ्चायत क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुमा पुगेर नेपाली भाषामा साइन बोर्डहरु लेखिदिने अनुरोध गर्दै पत्रहरु सुम्पने जानकारी गराएका छन्। उनले नेपाली भाषामा साइन बोर्डहरु लेख्ने कार्य आगामी भाषा मान्यता दिवस अघि नै लेखिदिने अनुरोध गरिएको बताएका छन्‌‍। उनले यसपाली विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको आयोजनामा विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिने जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ