नगरपालिका चुनाउ सन्दर्भमा गरिएको आरटीआईको जवाफ नआएकोमा दुःख व्यक्त

Share this news

खरसाङ,3 जुलाई(सुवास छेत्री): नगरपालिका चुनाउ आजसम्म नभएको सन्दर्भमा प्रधानमन्त्रीलाई पत्रचार गरेको तथा आरटीआई समेत गरिएको भए तापनि आजसम्म त्यसको कुनै जवाफ नआएकोमा भाजपा कार्यकर्ता तथा खरसाङ निवासी राजेश गजमेरले दुःख व्यक्त गरेका छन्। तिनले दार्जीलिङ पहाडको तीनवटा नगरपालिका क्रमैले खरसाङ, मिरिक अनि कालेबुङमा आजसम्म नगरपालिका चुनाउ नभएकोले नगरवासीले धेरै दुःख पाइरहेको औ विभिन्न समस्याहरूको सामना गर्न परिरहेको जनाउँदै तर यसलाई लिएर आजसम्म कोही पनि जनप्रतिनिधिहरू गम्भीर नरहेको आरोप लगाएका छन्। गजमेरले हिजोसम्म नगरपालिकाको चुनाउलाई लिएर गम्भीर नहुनेहरू आज आएर चुनाउको निम्ति निक्कै चासो लिन थालेको जनाउँदै तर जनताले अब साँचो र सत्य अनि इमान्दार व्यक्तिलाई मात्र चुनेर पठाउनुपर्ने बताएका छन्। गजमेरले आफूले प्रधानमन्त्रीलाई पत्रचार गरेको प्रायः पन्ध्र दिनपछि विस्तारै विभिन्न राजनीति दल तथा नेताहरूको हलचल शुरू भएको बताउँदै तर यसभन्दा अघि ती सबै राजनीतिक दल अनि नेताहरू किन मौन थिए? भनी प्रश्‍न गरेका छन्। तिनले पहाडका तीनवटा नगरपालिकामा यथाशीघ्र चुनाउ हुनुपर्छ भन्ने माग गर्दै देशका प्रधानमन्त्री, राष्ट्रपति, केन्द्रिय चुनाउ आयोग लगायत सम्बन्धित सबैसँग गुहार लगाइसकेको बताउँदै तर यसबारे यहाँका कोही पनि जनप्रतिनिधिहरूले चासो र रूचि नदेखाएकोमा खेद प्रकट पनि गरेका छन्। तिनले नगरवासीहरूलाई आग्रह गर्दै चुनाउको मुखमा आएर नेता अनि पार्टी तथा व्यक्ति विशेषले विभिन्न प्रलोभनमा देखाउँछन् ती सबैपट्टि नलागेर सही नेतृत्वलाई छानेर आगामी नगरपालिका सञ्चालनको निम्ति चुनेर पठाउनुपर्छ। गजमेरले पुनः एकपटक सम्बन्धित सबैसँग नगरपालिका चुनाउ गराउन ठोस पाइला चाल्ने आग्रह गर्दै यस सम्बन्धमा उनीद्वारा पठाइएको आरटीआइको शीघ्र जवाफको माग पनि गरेका छन्।

Share this news
आजको रोजाइ
गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

आजको रोजाइ