धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

Share this news

खरसाङ, (निसं): शेर्पा एसोसिएशन, शेर्पा वेलफेयर संस्था अनि धोबी तलाउ ग्राम समितिले संयुक्त रुपमा सफाई कार्यक्रम सम्पन्न गरेका छन्‌‍। यस सफाई कार्यक्रम खरसाङ नगरपालिकाको वार्ड नम्बर 1 अन्तर्गत रहेको धोबी तलाउ अनि वरिपरिको क्षेत्रमा सम्पन्न गरिएको बताइएको छ। सफाई कार्यक्रमको साथमा वृक्ष रोपाइ कार्यक्रम पनि सम्पन्न गरिएको थियो। कार्यक्रममा शेर्पा एसोसिएशन अनि संस्थाका युवाहरूको साथमा ग्राम समिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सफाई अभियान अन्तर्गत धोबी तलाव क्षेत्र, यसको वरपरको क्षेत्रको सफाई गरेर फोहोर, प्लास्टिकजन्य वस्तुहरू संकलन गरिएको थियो। दोस्रो चरणमा वृक्ष रोपाइ गरिएको थियो। शेर्पा एसोसिएसनका अध्यक्षले कार्यक्रममा बोल्दै शहीद दिवसको अवसरमा शहीदप्रति श्रद्धाञ्जली मात्र नभई समाज र प्रकृतिप्रति हाम्रो उत्तरदायित्व स्मरण गराउने अवसर हो यो। अरण्य सप्ताह पालन गर्दै हामीले सफाई र रोपाइ कार्यक्रम मार्फत हरित सन्देश प्रवाह गरेका छौँ भने। खरसाङ नगरपालिका वार्ड नम्बर 1 मा पर्ने चिनियाँहरूको कपुर रहेको घाटमा पनि सरसफाइ साथै वृक्ष रोपाइ गरियो। शहीद दिवस र अरण्य सप्ताहको संयुक्त अवसरमा शेर्पा एसोसिएसन, शेर्पा वेलफेयर संस्था तथा धोबी तलाव ग्राम समितिले संयुक्त रुपमा यो कार्यक्रम सम्पन्न गरेको हो भनी जानकारी दिइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ