हिल तृणमूल कांग्रद्वारा पनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो

Share this news

खरसाङ,27 जुलाई(मोहन प्रसाद): हिल तृणमूल कांग्रद्वारा पनि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो। पहाड़को विभिन्न स्थानहरूमा सन्‌‍ 1986 को अलग राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो प्राणको आहुति दिने आन्दोलनकारी वा शहीदहरूप्रति प्रत्येक वर्ष झैं यस वर्ष पनि विभिन्न राजनैतिक दल, व्यक्ति-विशेष साथै जनमानस द्वारा श्रद्धाञ्जली अर्पण गरियो छ भने यस वर्ष दल-बल संगै हिल टीएमसी अध्यक्ष शान्ता छेत्रीको नेतृत्वमा हिल टीएमसीद्वारा पनि खरसाङ्को दुरबीन डाँड़ास्थित शहीद वेदीमा खादा-माला चढ़ाएर शहीदहरूलाई सम्झिने साथै श्रद्धाञ्जली अर्पण गर्ने कार्य गरियो । यस अवधि पत्रकारहरूसित बोल्दै, हिल तृणमूल कांग्रेस अध्यक्ष शान्ता छेत्रीले जनाए अनुसार, छुट्टै राज्य गोर्खाल्याण्डका शहीदहरूलाई सम्झिने साथै श्रद्धाञ्जली दिने कार्य तिनीहरूले प्रथम पल्ट गरेका होइन्‌‍, यस भन्दा अघि पनि तिनी वा तिनको नेतृत्वमा कालेबुङ साथै अन्य ठाउँहरूस्थित शहीद वेदीमा शहीदहरूलाई सम्झिने साथै श्रद्धाञ्जली अर्पण गर्ने कार्य गरिएको थियो भने यस वर्ष अन्य ठाउँहरू संगै खरसाङ्मा पनि टीएमसीद्वारा शहीद दिवस पालन गरिएको हो। तिनले थप जनाए अनुसार, खरसाङ संगै पहाड़को विभिन्न ठाउँबाट धेरै संख्यामा आएका टीएमसी प्रतिनिधि साथै कार्यकर्ताहरू तिनको नेतृत्व खरसाङ बजारबाट हिँडदै दुरबीन डाँडास्थित शहीद वेदीमा गएर शहीदहरूलाई खादा-माला चढाएर श्रद्धाञ्जली अर्पण गर्ने कार्य गरियो। तिनले यो पनि जनाए कि दार्जीलिङ पहाड़को अन्य ठाउँहरू झैं रंगली रंगलियट खण्ड, खरसाङ टाउन आदि क्षेत्रबाट टीएमसी प्रतिनिधिहरू शाहिद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उपस्थिति रहेका थिए। तिनले थप जनाउँदै भने, शहीद कुनै पार्टीका होईनन्‌‍, शहीद सबैका हुन्‌‍। हामी पनि यहींका हौँ। विगतमा जीएनएलएफ पार्टीमा रहँदा पनि हामीले शहीदहरूलाई सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरेका थियौँ भने टीएमसीमा रहँदा पनि श्रद्धाञ्जली अर्पण गर्दै आइरहेका छौँ, शहीदहरूलाई सम्मानलाई यथावत्‌‍ राख्दै यस वर्ष पनि श्रद्धाञ्जली अर्पण गर्ने कार्य हामीले गरेका हौंँ। ज्ञात रहोस्‌‍ सन्‌‍ 1986 मा छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा कालेबुङ्मा प्रदर्शन गरिरहेका आन्दोलनकारीगहरू 27 जुलाईको दिन नै सीआरपी को गोलीले शहीद भएका थिए भने पछि अलग राज्य गोर्खाल्याण्डको आन्दोलनमा धेरै शहीद भएका थिए। ती शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न हेतू स्थानीय सत्तारूढ़ दल सहित विभिन्न राजनैतिक दल, व्यक्ति विशेष साथै जनमानसद्वारा प्रत्येक 27 जुलाईको दिन दार्जीलिङ पहाड़को विभिन्न ठाउँमा शहीद दिवस पालन गर्ने गरिन्छ ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ