खरसाङ सदर अस्पतालका सुप्रीटेण्डेण्ट डा0 रूबी मण्डलको विदाई एवम्‌‍ सम्मान कार्यक्रम

Share this news

खरसाङ, (सुवास छेत्री)ः खरसाङ सदर अस्पतालकी सुप्रीटेण्डेण्ट डाक्टर रूबी मण्डलको खरसाङ अस्पतालबाट पदोन्नति भएर सरुवा भएको छ। यसै क्रममा शुक्रवार तिनलाई सम्मान एवम्‌‍ विदाई जनाउन अस्पतालका कर्मचारीहरूले यहाँको एउटा होटलमा विशेष कार्यक्रमको आयोजना गरेको थियो। विजय सिंग सिञ्चुरीले सञ्चालन गरेको समारोहमा अस्पतालका सबै कर्मचारीहरूले खदा लगाएर, उपहारहरू अनि सम्मानपत्र प्रदान गरेर डाक्टर मण्डललाई सम्मान जनाए भने तिनलाई प्रदान गरिएको सम्मानपत्र बिरेन छेत्रीले पठन गरेका थिए। यसै अवधि छेत्रीले डाक्टर मण्डलसँग तिनको सुके अस्पतालमा हुँदादेखिनै घनिष्ठता रहेको जनाउँदै पहाड़मा प्रायः दुइ दशकभन्दा धेर रहेर यहाँका मानिसहरूलाई सेवा प्रदान गरेकोमा उनीप्रति कृतज्ञता व्यक्त गरे। तिनले डाक्टर मण्डलको आगामी यात्रा अझ सफल अनि सुखद्‌‍ रहोस्‌‍ भनी कामना पनि गरे। विजय सिञ्चुरीले पनि डाक्टर मण्डलद्वारा गरिएको कार्यको प्रशंसा गर्दै उनीजस्तो एक कुशल अधिकारी पाउनु गर्वको कुरा हो भन्दै तिनको स्थानान्तरले आफूहरू धेरै दुःखी भएको जनाउँदै यद्यपि उनको पदोन्नति भएर गएकोमा भने धेरै हर्षित भएको बताए। डाक्टर मण्डलले आजभन्दा प्रायः बीश वर्षअघि दार्जीलिङ पहाड़ आउँदा नौलो रहेको औ त्यसताक शुरुमानै सुके अस्पतालमा एक जिम्मेवारी पदमा बस्नुपर्दा धेरै असुविधा भए तापनि त्यहाँका सबै स्टाफहरूको सहयोग अनि त्यसपछि खरसाङ अस्पतालमा आएपछि यहाँ पनि सबैको उस्तै सहयोग र समर्थन पाएको जनाइन्‌‍। तिनले यस्तै सबैको सहयोग र समर्थनले जस्तै कठीन कार्य पनि सजिलै गर्न सकिएको बताउँदै यत्तिका वर्षसम्म पहाड़मा बसेको हुँदा यहाँ धेरै आत्मियता प्राप्त गर्न सकेको बताइन्‌‍। तिनले पहाड़वासीको माया र श्रद्धालाई आफ्नो जीवनमा कहिल्यै नभुल्ने बताउँदै यो सम्मान र मायाको निम्ति सबैलाई धन्यवाद दिइन्‌‍। डाक्टर मण्डलले आफूलाई यस अधिकारीको पदमा आसीन गराउन डाक्टर पूरण शर्माको ठूलो हात र सहयोग रहेको अवगत गराउँदै उनकै प्रेरणा, सहयोग र हिम्मतले सुके अस्पतालदेखि खरसाङ अस्पतालसम्म एक अधिकारीको रुपमा आफूलाई उभ्याउन सफल भएको बताइन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ