जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी सुजता लामगादेलाई बधाई अनि शुभकामना दिन कार्यक्रम

Share this news

पंखाबारी,5 जुलाई(सुवास):अ जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी पंखाबारी लङ्भ्यू अम्बटे समष्टिकी प्रतियोगी सुजता लामगादेलाई शुभकामना अनि बधाई दिन शनिवार गाड़ीधुरामा एक कार्यक्रमको आयोजना गरियो। क्षेत्रिय सभासद कल्पना प्रधानको विशेष पहलमा आयोजित कार्यक्रमको सञ्चालन भागोप्रमो पंखाबारी अम्बटे लङ्भ्यू समष्टि सचिव ललित प्रधानले गरेका थिए भने कार्यक्रममा समष्टि सभापति तथा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन लगायत समष्टि अनि स्थानीय प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा उपस्थित सबैले सुजाता लामगादेलाई खदा लगाएर बधाई अनि शुभकामना दिए भने सहयोग राशि पनि प्रदान गरियो। कार्यक्रमलाई सभासद कल्पना प्रधानले सम्बोधन गर्दै सुजता लामगादे यसरी जीटीए आइडल जस्तो एउटा उत्कृष्ट गायन प्रतियोगितको सेमिफाइनलसम्म पुग्नु पनि धेरै ठूलो कुरा हो भन्दै उनी अझ फाइनलसम्म पुगेर विजयी ट्रफी नै लिएर आऊन् भनी शुभकामना दिइन्। तिनले जीटीए मुख्य कार्यपाल अनित थापाको असल सोचको कारण आज यसरी हाम्रा ग्रामीण क्षेत्रका कलाकारहरूले पनि मौका पाइरहेको जनाउँदै यसको निम्ति प्रमुख कार्यपाललाई धन्यवाद दिइन्। प्रधानले आगामी 7 जुलाईमा हुने सेमिफाइनल कार्यक्रममा सुजतालाई हौसला दिन समष्टिबाट प्रतिनिधिहरू दार्जीलिङ जाने जनाइन्। सुजाता लामगादेले यसरी आफूलाई यसरी प्रेरणा र हौसला दिन यसरी कार्यक्रम गरिएकोमा आभार व्यक्त गरिन् औ सेमिफाइनलमा अझ उत्कृष्ट प्रस्तुति दिने बताइन्। कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दै सभासद कल्पना प्रधानले पुनः सुजता लामगादेलाई बधाई एवम् शुभकामना दिइन् भने सुजाता लामगादेले जीटीए आइडलको आजसम्मको यात्राबारे अवगत गराउँदै प्रतिस्पर्धा खुबै टफ रहेको जनाइन्। तिनले मेरो भोइस युनिभर्सको मञ्चमा पुग्दाको अनुभवबारे बताउँदै त्यस प्रतिस्पर्धाले गायन क्षेत्रमा अझ थप केही गर्नुपर्ने प्रेरणा दिएको बताइन्। मणिराज डुम्जनले सुजता लामगादेको सफलताप्रति खुशी व्यक्त गर्दै उनको आगामी सफलताको निम्ति शुभकामना दिए। तिनले जीटीए मुख्य कार्यपाल अनित थापाले यस प्रकारको कार्यक्रमको आयोजना गरेकोले आज सुजताहरू जस्ता कलाकारहरूले यस्ता ठूला मञ्चहरू पाइरहेको बताए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ