चितुवाबाट सुरक्षाको निम्ति मन्टिभिएट ग्राम सुधार समितिको माग

Share this news

खरसाङ, 24 जुलाई (मोहन प्रसाद)ः खरसाङस्थित मन्टिभिएट चिया बगानमा गत केही समयदेखि चितुवाको आतंक बढ़ेकोले उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै मन्टिभिएट ग्राम सुधार समितिको पक्षबाट चिया बगान प्रबन्धक पक्षलाई उचित पहलको निम्ति अनुरोध गरिएको छ भने यस विषयमा वन विभागलाई पनि एउटा लिखित जानकारी दिइने छ भनी समितिका अध्यक्ष प्रणय रोकाले जनाएका छन्‌‍। खरसाङ्मा पत्रकारहरूसित बोल्दै समितिका अध्यक्ष प्रणय रोका साथै सचिव आशीष राईले भने, मन्टिभिएट ग्राम सुधार समिति सधैं स्थानीय मानिसहरूको प्रत्येक सुख-दुःखमा उभिएको हुन्छ। यसैले स्थानीय ग्रामवासीले भोग्दै गरेको विभिन्न समस्या समाधान गर्न लागि परिरहेका हुनेछौँ। फलस्वरूप, वर्तमानमा मन्टिभिएट चिया बगान क्षेत्रको विभिन्न ठाउँमा रहेको चितुवाको आतंकलाई लिएर समिति गम्भीर रहेको छ । यस विषयमा समितिको पक्षबाट उचित पाईला चाल्दै मन्टिभिएट चिया बगानका प्रबन्धक पक्षलाई जनाउने कार्य गरिएको छ। त्यति मात्र होइन, समिति द्वारा मीडिया मार्फत्‌‍ वन विभाग एवं अन्य सम्बन्धित निकायहरूको पनि चितुवा रगरगी विषयमा ध्यानाकर्षण गराउने कार्य भईसकेको छ । यस अवधि बगानपक्षबाट वन विभागलाई खबर गर्ने कार्य भईसकेको छ। यस विषयमा वन विभागलाई एउटा लिखित जानकारी पनि समितिको पक्षबाट दिइने निधो भईसकेको छ। तिनले अझ जनाए अनुसार, मन्टिभिएट क्षेत्रमा चितुवा देखिएको घटना कुनै प्रथम वा नौलो घटना होइन्‌‍, विगत धेरै समयदेखि यस क्षेत्रमा चितुवा देखिएको देखिएको थियो, कुकुर, बिरालो, सुँगुर, कुखुरा आदि पाल्तु जनावर चितुवाले लगेको घटनाहरू बगानको तल्लो भेकमा निरन्तर घटिरहेको छ। चितुवाले अहिलेसम्म कुकर, बिरालो, खुखुरा सुँगुर आदि मात्र गाउँबाट लाने गरिरहेको छ भने आउँदो दिनमा मानिसलाई पनि आक्रमण नगर्ला, ठूलो क्षय-क्षति नपुऱ्याउला भन्न सकिन्दैन। यसैले यस विषयमा गम्भीरता पूर्वक कार्य गर्न पर्ने आवश्यकता रहेको छ। तिनले थप जनाए अनुसार, गाउँ-घरमा बुढ़ा-पाका, बाल-बालिकाहरू पनि रहेको छन्‌‍, तिनीहरूलाई चितुवादेखि धेरै जोखिम बनेको छ। क्षेत्रमा रहेको जंगली जनावरहरूले कुनै समय पनि नोक्सान पुऱ्याउन सक्छ। मन्टिभिएट रोडस्थित जिरोदेखि बगानको तल्लो भेगसम्म पुग्न लगभग 1.5 किलो मीटरको बाटोको किनारमा स्ट्रीट लाइट जड़ान को धेरै आवश्यकता रहेको पनि रोकाले बताए । गाउँ-घरका धेरै विद्यार्थीहरू ट्युसन पढ़ेर साँझको समयमा फर्किने गर्छन्‌‍। यस बाहेक मर्निङ वाकको निम्ति पनि बजारबाट मानिसहरू उक्त क्षेत्रमा आउने गर्छन्‌‍ भनी बताउदै रोकाले यिनीहरूको सुरक्षाको निम्ति पनि स्ट्रीट लाइटको आवश्यकतामाथि जोर दिए। यस विषयमा पनि मीडिया मार्फत्‌‍ जीटीए अनि सम्बन्धित ग्राम पञ्चायतको ध्यानाकर्षण गराइएको तिनले बताए। ज्ञात रहोस्‌‍, गत दुई-तीन सप्ताह देखि मन्टिभिएट चिया बगान क्षेत्रको तल्लो भेगमा कालो चितुवा संगै थोप्ले चितुवाको रगरगी बढ़ेर गएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ