खरसाङ,17 जुलाई(निसं): खरसाङ नगरपालिका स्वस्थ्य विभागद्वारा प्रत्येक वर्ष झैँ यसवर्ष पनि खरसाङ नगरपालिका कार्यरत् सम्पूर्ण कर्मचारीहरू लगायत स्वच्छ एवं स्वस्थ्य विभाग अन्तर्गत सफाई कर्मी (निर्मल बन्धु), निर्मल साथी साथै एसडब्ल्युएम प्रोजेक्ट अन्तर्गत कार्यरत कर्मचारीहरूको बिहीवार स्वस्थ्य जाँच गरियो। यस स्वास्थ्य जाँच शिविरमा खरसाड नगरपालिकाका डाक्टर एस शिकारी, डाक्टर एस बानिक, जनस्वस्थ्य विभागका नर्स नानुका गुरूङ लामा साथै स्वास्थ्य विभागका स्वस्थकर्मीहरूको उपस्थितिमा स्वस्थ्य जाँच शिविर सम्पन्न गरियो। शिविरमा जम्मा 87 जनाले आफ्नो स्वस्थ्यको जाँच गराए भनी सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बाले जानकारी दिएका छन्।
