सर्वोदय सङ्घद्वार सफाई कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, 15 जुलाई (निसं): खरसाङ नगरपालिकाको वार्ड नम्बर 7 मा रहेको सर्वोदय सङ्घका सदस्यहरूले आदि कवि भानुभक्तको जन्म जयन्तीको पावन अवसर पारेर आफ्नो गाउँ-घरको सफाई गरेका छन्‌‍। यस सफाई कार्यक्रममा बाटोमा पलाएको झार-पात सफा गर्ने, नाली सफा गर्ने कार्य सम्पन्न गरिएको छ। सफाईपछि आफ्नो सङ्घको निजी कोषबाट क्षेत्रको बाटोमा ब्लिचिङ पाउडर छर्कने कार्य पनि गरियो। विभागमा मात्र भर परेर हुँदैन, आफ्नो गाउँ-घर आफै सफा र स्वच्छ राख्न सक्नुपर्छ भन्ने सन्देश दिँदै उक्त सफाई कार्यक्रम सम्पन्न गरिएको हो भनी बताइएको छ। यस कार्यक्रममा सर्वोदय सङ्घका पदअधिकारीगण अनि सदस्यगणहरूको सहभागिता रहेको थियो। सफाई कार्यक्रम सम्पन्न गरेकोमा सर्वोदय सङ्धका पदाधिकारी अनि सबै सदस्यहरूलाई क्षेत्रीय सभासद्‌‍ श्याम शेर्पाले धन्यवाद दिएका छन्‌‍। प्राप्त जानकारी अनुसार वार्ड नम्बर 7 को लोवर शेर्पा बस्तीमा रहेको सर्वोदय सङ्घले विगत धेरै वर्षदेखि समाजिक कार्य गर्दै आइरहेको छ भने प्रत्येक वर्ष फूलपाती शोभा यात्रा अनि पहिलो वैशाख सांस्कृतिक शोभा यात्रा जस्ता कार्यक्रममा पनि यसले सहभागिता जनाउदै आइरहेको छ । आउँदो दिनहरूमा पनि सर्वोदय सङ्घबाट हामी यस्तै असल कार्यको आपेक्षा राख्दछौँ भनी सभासद्‌‍ श्याम शेर्पाले बताएका छन्‌‍। सफाई कार्यक्रमको बारेमा थप जानकारी गराउदै सङ्घका महासचिव उमेश खातीले सङ्घले आयोजना गरेको सफाई कार्यक्रममा सहभागिता जनाएकोमा सम्पूर्ण सदस्य अनि सभासद्‌‍ श्याम शेर्पालाई धन्यवाद दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ