खरसाङ भएर अहिले पनि यान-वाहनको चलाचल बक्लो

Share this news

खरसाङ, (निसं)ः खरसाङ बजार भएर चल्ने यान-वाहनको संख्यामा कमी आएको छैन। शुक्रवार पनि खरसाङ बजार भएर बाक्लो संख्यामा यान-वाहनको चलाचल देखियो। शुक्रवार खरसाङ भएर धेरै संख्यामा सिक्किमका गाड़ीहरू चलका थिए। यसको अतिरिक्त सिलगढ़ी दार्जीलिङ्माझ चल्ने गाड़ी, खरसाङ वरिपरिका गाड़ी अनि खरसाङ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा जाने गाड़ीहरू बजार भएर चलेकोले बजारमा यायातात निकै बाक्लिएको थियो। बजार भएर यसरी बाक्लो संख्यामा यान-वाहनको चलाचल रहेकोले समय-समयमा जामको स्थिति सृजना भयो, तथापि धेरै लामो समयसम्म भने जाम भएन। गाड़ी जामको कारण जनसाधरण, यात्री, विभिन्न विद्यालयका विद्यार्थी, कर्मचारीहरूले समस्याको सामना गर्न परेको थियो। खरसाङ्को विभिन्न विद्यालयका विद्यार्थी लिएर आउने तीनधारेको एउटा गाड़ी चालकले विगत केही दिनदेखि विद्यालय छुट्टी भएको समयमा टुरिष्ट लजदेखि रोहिणी रोडको जिरोसम्म गाड़ी जाममा पर्ने भएकोले ढिलो गरेर विद्यार्थीहरूलाई घर पुऱ्याइरहेको बताए। तिनले वर्तमानमा गाड़ी जाम हुने सम्भावना रहेकोले बिहान पनि विद्यार्थीहरू लिएर अधिको भन्दा छिट्टै हिँड़ने गरेको बताए। सिलगढ़ीका एक मोटर बाईक सवारले गाड़ी जामको कारण खरसाङ टुरिष्ट लजदेखि मोटर स्ट्याण्ड आइपुग्न लगभग आधा घण्टा लागेको बताए। यान-वाहनको बाक्लो चलाचलको कारण खरसाङ शहरी क्षेत्रमा गाड़ी जामको स्थिति बनिरहेकोले खरसाङ ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरूले पनि निकै सक्रिय रहेर कार्य गर्न परिरहेको छ। लामो समयसम्म गाड़ी जाम नहोस भनी बजार क्षेत्रको विभिन्न स्थानमा ट्राफिक पुलिक अनि सिभिक भोलिन्टियरहरू खटाइएका छन्‌‍। ड्युटीमा खटिएका एक पुलिस अधिकारीसित राष्ट्रिय राजमार्ग 10 खोलिएर पनि किन सिक्किमका गाड़ीहरू यताबाट चलेको भनी प्रश्न गर्दा राष्ट्रिय राजमार्ग 10 मा अझ बढ़ी गाड़ी जाम हुने गरेकोले यताबाट चलेको हुन सक्छ भनी बताए। स्मरण गराइन्छ, खरसाङ बजार भएर यान-वाहनको चलाचल वर्तमानमा निकै बक्लो रहेको छ भने खरसाङ टुरिष्ट लजबाट खरसाङ थानामाथि निस्कने कप्तान सुरज शर्मा पथ (बाइपास रोड) पनि वर्तमानमा मरमति कार्य चलिरहेकोले बन्द रहेको छ। यसो हुँदै दार्जीलिङदेखि लिगगढ़ीगामी गाड़ीहरू अनि खरसाङ बजार छेउ-छाउका गाड़ीहरू उक्त बाटो भएर चल्न सकेको छैन। जसको कारण खरसाङ बजारको राष्ट्रिय राजमार्गमा यातायातको चाँप अझ बढ़ेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ