खरसाङ एडभोकेट एसोसिएशनद्वारा विदाई एवम्‌‍ स्वागत कार्यक्रम

Share this news

खरसाङ, (निसं): खरसाङ एडभोकेट एसोसिएशनद्वारा सोमवार यहाँको टुरिष्ट लजमा एक विदाई एवम्‌‍ स्वागत कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा विशेषगरी खरसाङ अदालतका एडिसनल डिस्ट्रिक्ट सेसन जर्ज तथा स्पेशल जर्ज अफ पोक्सो सुदीप मेहोत्राले आफ्नो कार्यकालबाट अवकाश ग्रहण गरेको हुँदा उनलाई विदाई जनाउन तथा नयाँ जर्ज अभिषेक मुखर्जीलाई स्वागत जनाइयो। तिनीहरूलाई कार्यक्रममा उपस्थित सबै अधिवक्ताहरूले खदा लगाएर तथा उपहारहरू प्रदान गरेर सम्मान जनाए भने अधिवक्ता सपना राईले नेपाली टोपी लगाइदिएर अनि उपहार प्रदान गरेर सम्मान जनाइन्‌‍ तथा अधिवक्ता रमेश अग्रवालले पनि उपहार प्रदान गरे। यसै अवधि विदाई जर्ज महोत्राको बाहुलीबाट केक्‌‍ पनि काटियो। अधिवक्ता प्रज्जवल लोप्चनले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा खरसाङ एडभोकेट एसोसिएसनका सभापति रमेश अग्रवालले जर्ज सुदीप मेहोत्राको परिचय राख्दै उनीजस्तो मिलनसार, कर्तव्यनिष्ठ तथा समयको महत्वलाई ध्यान दिने जर्ज आजसम्म खरसाङ्मा नआएको जनाए। तिनले जर्ज मेहोत्राको कार्यकालमा धेरै महत्वपूर्ण तथा सम्वेदनशील मुद्दाहरूको पनि सजिलैसित छिनोफानो भएको जनाए। खरसाङले उनको योगदानलाई कहिले नभूल्ने पनि बताए। त्यसरीनै अग्रवालले नयाँ आएका जर्जलाई पनि स्वागत जनाउँदै खरसाङ्का अधिवक्ताहरूले सदैव सहयोग गर्ने वचन दिए। कार्यक्रममा धन्यवाद ज्ञापन अधिवक्ता पवन थापाले राखेका थिए। कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न अधिवक्ता अमन थापाले सुन्दर गीत प्रस्तुत गरे भने समारोहलाई वरिष्ठ अधिवक्ता तरङ्ग पण्डितले पनि सम्बोधन गरेका थिए। तिनले पनि जर्ज महोत्राको कार्य दक्षताको प्रशंसा गर्दै उनको अवकाश ग्रहणपछिको जीवन सुखमय रहोस्‌‍? भनी कामना गरे। कार्यक्रमलाई सम्बोधन गर्दै जर्ज मसोत्राले खरसाङ्मा आफू जतिञ्जेल रहे त्यतिञ्जेल सबैको साथ र सहयोग पाएको जनाउँदै यसको निम्ति सबैलाई धन्यवाद दिए। तिनले सबैको उज्ज्वल भविष्यको पनि कामना गरे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ