खरसाङ्मा तीव्र हवा-पानीले गर्दा समस्या, राजमार्गमा रुख ढल्यो

Share this news

खरसाङ, 25 जुलाई (मोहन प्रसाद): खरसाङ संग्लग्न क्षेत्रमा बिहीवार एकदमै चर्को घाम मानिसहरूले अनुभव गरेका थिए भने शुक्रवार बिहानी क्षेत्रमा तीव्र हवा-पानी संगै भारी वर्षा भएको छ। यस अवधि खरसाङ नजिकै गिद्ध पहाड़स्थित देवी मन्दिर पछिल्तिरको एउटा वृक्षको हाँगा भाँचिएर राष्ट्रिय राजमार्ग 110 मा झरकोले केही समयसम्मको निम्ति राजमार्गको उक्त क्षेत्रमा यातायात बाधित भएको थियो। बिहीवार खरसाङ संग्लग्न क्षेत्रमा एकदमै चर्को घाम मानिसहरूले अनुभव गरेका थिए। यस अवधि चर्को घामसित जोगिन मानिसहरूले छाता, गरमबाट राहत पाउन पङ्खाको प्रयोग गर्दै अन्य विभिन्न उपायहरू अपनाएका थिए भने आज शुक्रवार बिहान खरसाङ संग्लग्न क्षेत्रमा मौसम व्यापक परिवर्तन देखियो । प्रथममा शुक्रवार अधिक बिहान कालो बादल संगै आकाश गर्जन्‌‍ अनि बिजुली चम्किने क्रम धेरै समयसम्म जारी रह्यो भने पछि बाट तीव्र हवा संगै भारी वर्षा भयो। उक्त भारी वर्षा अनि तीव्र हवा-पानीको कारण शुक्रवार बिहान विद्यार्थीहरू, अभिभावकहरू संगै साधरण मानिसहरूले पनि धेरै असुविधा भोग्नु पऱ्यो । विशेष तेज हवा पानी रहेकोले छाता पनि काम लाग्ने अवस्था थिएन । त्यति मात्र होइन, तेज हवाले गर्दा धेरै मानिसहरूको छाता पनि उड़ाएको वा बिगारिदिएको देखियो । कतिपय स्थानीय मानिसहरूले बताए अनुसार, जुन प्रकारले क्षण-क्षणमा व्यापक परिवर्तन मौसममा भइरहेको छ, यसले पहिरो संगै ठूलो प्राकृतिक क्षय-क्षति हुने संकेत दिइरहेको छ। बिहीवार यस बर्खायाममा एकदमै सहन नगर्ने किसिमको चर्को घाम लागेको थियो भने बिहान हुँदा-हुँदै मौसममा व्यापक परिवर्तन देखिएयो। खरसाङ बजारस्थित एउटा विद्यालयमा नातिलाई छोड्न आएका एक व्यक्तिले छाता पनि काम नलाग्ने भएको हवा-पानीले तिनलाई अनि तिनको नातिलाई भिजाएको बताए । अर्को तर्फ तेज हवा पानीले पंखाबारी मार्गको कतिपय ठाउँमा बांँस संगै रुखको हाँगा रोड किनारमा झरेको थियो भने उक्त हाँगाहरूले यातायात चलाचलमा कुनै खासै प्रभाव पारेन । यद्यपि बाटोमा झरेको ती हाँगाहरूलाई बाटोदेखि हटाउने कार्य खरसाङ ट्राफिक पुलिस कर्मीहरूले गरेका थिए, भनी खरसाङ ट्राफिक पुलिस प्रभारी वीरेन्द्र छेत्रीले बताएका छन्‌‍। त्यति मात्र होइन, ट्राफिक प्रभारी वीरेन्द्र छेत्रीले थप जनाए अनुसार, बिहानको तीव्र हवा-पानीमा खरसाङ गिद्ध पहाड़ स्थित देवी मन्दिर पछिल्तिरको एउटा वृक्षको हाँगा राष्ट्रिय राजमार्ग 110 मा झरेकोले केही समयसम्म राजमार्गको उक्त क्षेत्रमा यातायात बाधित रहेको थियो भने पछि खरसाङ ट्राफिक पुलिसको सहयोग मा उक्त वृक्षलाई बाटोदेखि हटाउने कार्य गरिएको छेत्रीले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ