12 औँ कन्याश्री दिवस खरसाङ्मा उत्साहको साथमा मनाइयो

Share this news

खरसाङ,  (निसं)ः दार्जीलिङ जिल्ला प्रशासनले खरसाङ महकुमा प्रशासनको सहयोगमा खरसाङ्को सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा 12 औँ कन्याश्री दिवस 2025 भव्यता अनि उत्साहका साथ पालन गऱ्यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने अतिथिको रुपमा दार्जीलिङ पुलिस अधीक्षक प्रवीण प्रकाश, अतिरिक्त दार्जीलिङ जिल्ला मजिस्ट्रेट अनिर्बान चटर्जी, खरसाङ महकुमा शासक विन्दवासी तेजा दीपक, मिरिक महकुमा अधिकारी तेञ्जिङ सेम्की उर्गेन, खरसाङ महकुमा पुलिस अधिकारी निरजा अनिश शाह अनि खरसाङ अस्पतालका अधीक्षक डा. रुमी मण्डल, डीएमडीसी अधिकारीहरू लाडेनला लेप्चा, प्रसनजीत चौधरी, कैलाश प्रसाद, सभासद श्याम शेर्पा, कल्पना प्रधान, खरसाङ नगरपालिकाका अध्यक्ष ब्रिगेन गुरुङ, खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री अनि अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। कार्यक्रमको आरम्भ सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा अतिथिहरूलाई खादा-माला लगाएर स्वागत जनाइएपछि गरिएको थियो। कार्यक्रममा डाउहिल गर्ल्स स्कूलका विद्यार्थीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए भने सन्त जोसेफ विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। यसै गरी रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। आफ्नो स्वागत भाषणमा अनिर्बान चटर्जीले शिक्षा र आर्थिक स्वतन्त्रता मार्फत केटीहरूलाई सशक्त बनाउन कन्याश्री योजनाको महत्त्वमाथि प्रकाश पारे। कार्यक्रममा कन्याश्री उपलब्धि हासिल गर्नेहरूलाई सम्मान गरिएको थियो, जसमा 3 उत्कृष्ट कलेज, 3 उत्कृष्ट विद्यालय अनि यस क्षेत्रका 5 उत्कृष्ट उपलब्धि हासिल गर्ने कन्याहरूलाई सम्मान जनाइएको थियो। कार्यक्रममा निरजा अनिश शाह, तेञ्जिङ सेम्की उर्गेन, दार्जीलिङबाट हालै आईएफएसका लागि छनोट भएका खरसाङ्का पूर्व एडीएसआर जोजिला भुटिया अनि डा. रुमी मण्डलले विशेष करियर मार्गदर्शन सत्र सञ्चालन गरेका थिए। विभिन्न विद्यालयका विद्यार्थीहरूले सक्रिय रूपमा भाग लिएका यस कार्यक्रममा उपस्थित प्रमुख वक्ताहरू सित विभिन्न विषयमा प्रश्नहरू सोद्धै विद्यार्थीहरूले जानकारी प्राप्त गरेका थिए। सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अनित थापाले कन्याश्री योजना कार्यान्वयनमा राज्य सरकारको प्रयासको प्रशंसा गरे अनि केटीहरूलाई आफ्नो भविष्यको विकासको लागि यस्ता पहलहरूको वा योजनाहरूको पूर्ण लाभ लिन आग्रह गरे । कार्यक्रममा खरसाङ महकुमा अधिकारी विन्दावासी तेजा दीपकले धन्यवाद ज्ञापन गरेका थिए। तिनले कार्यक्रमलाई भव्य रूपमा सफल बनाएकोमा सबै प्रतिष्ठित व्यक्तिहरू, आयोजकहरू, विद्यार्थीहरू अनि कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गरे । ज्ञात रहोस्‌‍, कन्याश्री दिवस कार्यक्रम अन्तर्गत कन्याश्री लाभार्थीहरूको उपलब्धि मात्र नभई बालिकाहरूलाई सशक्त बनाउने अनि उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्नेको निम्ति प्रशासन, शैक्षिक संस्थाहरू साथै सामुदायिक नेतृत्वहरूको सामूहिक प्रतिबद्धतालाई जाहेर गरिन्छ। कार्यक्रममा खरसाङ आदर्श विद्यालय, सन्त अल्फन्सेस अनि स्कट्स मिशन विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ