एसआईआर बारेमा महकुमा शासकसित सभा

Share this news

खरसाङ, (निसं): पश्चिम बंगाल राज्यमा चलिरहेको मतदाता विशेष गहन पुनर्रीक्षण एसआईआर विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाको नेतृत्वमा भागोप्रमो खरसाङ्को टोलीले खरसाङ महकुमा शासकसित सभा सम्पन्न गरेको छ। विशेष गरी एसआईआरमा नाम छुटेको अथवा छोड़िएको नामको निम्ति हेयरिङ्मा उपस्थित हुन नसक्ने, विशेष रूपमा भिजा लगाएर विदेशमा काम गर्नु जाने व्यक्तिहरु, शिक्षा अर्जन गर्न बाहिर गएका विद्यार्थीहरु लगायत स्वास्थ्य जाँच गराउन पहाड़देखि बाहिर हुने जनसाधारणको असुविधालाई ध्यानमा राखेर सहयोग पुऱ्याउन हेतु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको पहलमा महकुमा शासकसित भेट गरिएको हो।

केन्द्रीय समितिका महासचिव अमर लामाको विशेष उपस्थितिमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादवसंग भेटघाट गरेर बैठक गरिएको हो, जसमा उक्त सम्पूर्ण समस्याको समाधान हेतु टोलीले जानकारी लिँदा उनले वर्तमानमा गम्भीर बिमारी मुख्य रूपमा क्यान्सरको चिकित्सा गर्नको निम्ति बाहिर हुने साथै जेलमा हुनेहरूको निम्ति चुनाव आयोगले एसआईआरको हियरिङ्मा छुट दिएको र अन्यहरूका निम्ति भइरहेको समस्याको समाधानको निम्ति जानकारीसंगै सम्बन्धित विभागमा पत्राचार गरेको जानकारी महकुमा शासकले दिएकी छन्‌‍। यस विषयमा भागोप्रमो केन्द्रीय समितिका महासचिव अमर लामाले यो एसआईआर प्रक्रियामा थुप्रै गुनासोहरु आइरहेको कारण सम्बन्धित अधिकारीसँग समाधानको निम्ति पहल गर्दै खरसाङ महकुमा शासकसंग भएको यो भेटघाटपछि भारतीय चुनाव आयोगद्वारा गरिरहेको एसआईआरमा कसैको नाम नकाटिन अथवा नछोडिन पार्टीको तर्फबाट काम गरिरहेको बताए। तिनले अबोप्रान्त भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सम्पूर्ण नेतृत्ववर्ग, प्रतिनिधि, कार्यकर्ताहरुले क्षमता अनुसार समस्या सुल्झाउन हेतु सहयोग गरिदिने अपील गरेका छन्‌‍। यसको साथै केन्द्रीय समिति महासचिवको आगमनलाई भागोप्रमो खरसाङ टाउन कमिटीको अगुवाइमा रेलवे स्टेशनमा स्वागत गरियो। भागोप्रमो टाउन कमिटी, नारी शक्ति अनि युवा शक्तिका सदस्यहरुसंग पुनः खरसाङ महकुमा समिति कार्यालयमा परिचय आदान-प्रदानको कार्य गरियो।टाउन कमिटीद्वारा उनलाई खदा लाएर स्वागत पनि गरियो।

खरसाङ टाउन कमिटीका मूल सचिव वीरबल पाख्रीनद्वारा सञ्चालित यस औपचारिक भेटघाटमा कार्यक्रमलाई टाउन कमिटी युवा शक्तिका कार्यवाहक अध्यक्ष बन्धन लामाले सम्बोधन गरे भने अमर लामाले धेरै अन्तरालपछि यसरी भेटघाट गर्नु पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा टाउन कमिटी प्यारेन्ट्स बडी, नारी शक्ति अनि युवा शक्तिले सयुक्त रुपमा कार्य गरेर संगठनलाई बनाउनको निम्ति सुझावहरु दिए। यस सम्पूर्ण कार्यक्रममा खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइली, टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पा, महकुमा नारी शक्तिका अध्यक्ष तथा खरसाङ नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, टाउन कमिटी नारी शक्ति अध्यक्ष देवकी प्रधान सुब्बा, खरसाङ टाउन कमिटी प्यारेन्ट्स बडी, यूवा शक्तिका सम्पूर्ण नेतृत्वगण लगायत कार्यकारिणी सदस्यहरु उपस्थित थिए।

कार्यक्रमपछि खरसाङ्मा पत्रकारहरुलाई सम्बोधन गर्दै अमर लामाले एसआईआरलाई लिएर आफुहरुले खरसाङ महकुमा शासकसित बैठक बसेको जानकारी गराए अि एसआईआर प्रक्रिया साथै हेयरिङ्मा जनसाधारणलाई सहयोग गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट भरपुर सहयोग गरिने बताए। उनले एसआईआर विषयमा जनसाधारणलाई नडराउने आह्वान्‌‍ गर्दै कसैलाई केही समस्या परेमा पार्टीको पदाधिकारीहरु र कार्यकर्ताहरुलाई सम्पर्क गर्ने आह्वान्‌‍ पनि गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ