एशियन पेन्टको-बाट प्रशिक्षण लिने भवेश छेत्रीको कला

Share this news

मिनरल स्प्रीङ, 6 जुलाई : घरमा लगाईने रंग-रोगनको कार्यलाई आफ्नो रोजगारको माध्यम बनाएका छन् हरसिहहट्टा डाँडा गाउँ निवासी भवेश छेत्री अनि उनका साथीहरूले। गत 2001 सालदेखि रंग-रोगन गर्ने व्यवसायमा लागेको भवेश छेत्रीको भन्छन्, पहिलो तीन वर्ष सहयोगी तथा हेल्परको रूपमा काम गरेपछि काम सिकेर आफै सानो-सानो ठेका लिने गरेको अनि पछि अनुभवी भएपछि ठूल्ठूला कामहरू पनि साथीहरूसित मिलेर गर्न थालिएको हो। उनी बताउँछन्, काम गर्दे जाँदा अनुभव पनि बढ्दै गएको अनि समयको माग अनुसार रंग-पचेरा गरिने कार्यमा पनि नयाँ नयाँ डिजाइन साथै प्रयोग गरिने रंगको गुणवत्तामा पनि परिवर्तन आएको छ। उनको भनाई छ, बर्जर,एशियन पेन्ट आदि जस्ता विभिन्न ब्राण्डका रंगहरु प्रयोग गर्दै आएका उनले एशियन पेन्टको कम्पनीबाट रंग सम्बन्धित प्रशिक्षण लिएको साथै प्रमाण-पत्र पनि प्राप्त गरेकाे जनाए।  रंग अनि डिजाइन विषयलाई लिएर कम्पनीले प्रशिक्षण दिनुका साथै आफू स्वयंले तयार गरेको डिजाइन कति आकर्षक छ त्यस विषयको निरीक्षण गर्ने भएको पनि उनले बताए।घर मालिकको इच्छा अनुरूप रंग-रोगनको काम गर्दै आए पनि रंग सम्बन्धी  जानकारी अनि आफ्नो सृजनात्मक कलालाई पनि उतार्दै आएको उनी बताउँछन्।आफू यो क्षेत्रमा आउनको निम्ति डाली निम्कि डाँडा निवासी ठेकादार के बी शाहको ठूलो योगदान र प्रेरणा रहेको भुल्न नसकिने  उनीसितको कार्यले गर्दा नैआज यो क्षेत्रमा स्थापित हुन सकेको भवेश छेत्रीको भनाइ छ। पहिला साधारण रूपमा रंग पचेरा गरिन्थ्यो भने अहिले रेगिन्स, थ्री डी अनि अन्य विभिन्न प्रकारका आधुनिक डिजाइन रहेका रंग रोगनको काम हुने गरेको उनी बताउँछन्।अहिले हरसिहहट्टा क्षेत्रका 40 भन्दा अधिक युवाहरु रंग पचेराको कार्यसित जोडिएको छ, कतिले गाउँलाई नै पेन्टर गाउँ भन्ने गरेको छ भनी उनी भन्छन्।काम गर्दा लाज मान्नु हुदैन, सानो होस् या ठूलो काम होस् मन लगाएर एकाग्रता भएर गर्नुपर्छ काम सिक्ने प्रयास गर्नुपर्छ।सीप र जाँगर छ भने आफ्नै ठाउँमा पनि रोजगार पाइन्छ । ईमान्दारिता पूर्वक काम गर्नुपर्छ कामको खाँचो हुँदैन अहिले पनि धेरै ठाउँबाट कामको निम्ति बोलाइएको छ तर एउटा काम नसकी अर्कोतिर हात हाल्नु उचित होइन। जहाँ काम गरिन्छ उक्त घर परिवारले पनि समयमा काम सकिदिन्छ भनी आशा राखेका हुन्छन् यसर्थ उनीहरुलाई निराश पार्नु हुँदैन। एकातिर उनी आफ्नो कामकाजबारे बताउँछन् भने अर्कोतिर हाम्रो पिढीपछि यस्ता काम गर्ने मानिसहरूको कमी हुने अनि बाहिरकाहरू माथि भर पर्नु पर्ने अवस्था आउन बेर छैन भनी चिन्तित पनि बन्छन्।
उनीहरुको भनाइ छ, एउटा घर सुन्दर र आकर्षक देखिनुलाई त्यो घरको वरिपरिको स्वच्छ र सफा परिवेश , घरको संरचना, ढाँचा अथवा बनावट, घरभित्रको सजावट, घरमा प्रयोग गरिएको रंग-रोगन आदि महत्वपूर्ण विषय हुन जान्छ। उल्लेखित विषयहरूमा ध्यान पुर्‍याएको खण्डमा घर सुन्दर देखिनुका साथै चर्चाको विषय पनि बन्न जान्छ। अहिले घर निर्माणको क्षेत्रमा प्रविधिसितै घर निर्माणको निम्ति प्रयोग गरिने सामग्रीहरूमा पनि धेरै परिवर्तन आइसकेको छ। घर निर्माणदेखि लिएर घरको सजावटसम्म अहिलेको समयमा प्रतिद्वन्द्वीता भएको भान हुन्छ। धेरै पक्षहरूले घरलाई सुन्दर देखिने भएकोले ती मध्यै एउटा पक्ष हो घरमा प्रयोग गरिएको रंग। रंगको रोजाइ अनि सही प्रयोगले घर आकर्षक देखिन्छन्। मानिसहरूले आफ्नो घरमा वास्तुशास्त्र अनुसार रंग-रोगन पनि गर्ने गर्छन्।


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ