उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकासको तीनवटा नयाँ तालिमहरुको उदघाटन

Share this news

खरसाङ, 3 जुलाई (हनोक): पश्‍चिम बंगाल सरकारको उत्कर्ष बंगला अन्तर्गत खरसाङमा कौशल विकास तालिम अन्तर्गत तीनवटा नयाँ तालिमहरुको बिहीवार उद्घाटन गरिएको छ। पश्‍चिम बंगाल सरकारको पश्‍चिम बंग सोसाइटी फर कौशल विकास विभाग, तक्निकी शिक्षा तालिम अनि कौशल विकास विभागको तर्फबाट खरसाङमा चलिरहेको 12 वटा विभिन्न कौशल विकास तालिमहरुसितै बिहीवार नयाँ तीनवटा तालिमहरु पनि शुरु गरिएको छ। तीनवटा नयाँ तालिमहरुमा लुगा उत्पादन तालिम, उद्यमशीलता विकास तालिम र होमस्टे सञ्चालकहरुलाई लिएर तालिम रहेको छ। उक्त कौशल विकास तालिम कार्यक्रमको उदघाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जीलिङ जिल्ला शासक आईएएस डा. प्रिति गोयलले धूप-द्वीप प्रज्वलन गरेर गरेका छन्। खरसाङको डाउहिलस्थित सुवास घिसिङ स्मृति सार्वजनिक भवनमा सम्पन्न कार्यक्रमलाई विश्‍व सुब्बाले सञ्चालन गरेका थिए भने स्वागत भाषण खरसाङ महकुमा शासक आईएएस बिन्दवासिनी तेजा दिपकले राखेका थिए। उनले आफ्नो सम्बोधनमा कौशल विकास तालिम अन्तर्गत तीनवटा नयाँ तालिमहरुको उद्घाटन गरिएको र यसबाट युवाहरुले तालिम लिएर रोजगारको प्राप्त गर्ने बताएका छन्। उनले तीनवटा नयाँ तालिमहरुको उदघाटन गरिएको जसमा लुगा उत्पादन तालिम, उद्यमशीलता विकास तालिम र होमस्टे सञ्चालकहरुलाई लिएर तालिम रहेको पनि बताएका छन्। कार्यक्रममा डीएफओ आईएफएस देबेस पाण्डे, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई जीटीए प्रमुख अनित थापाले सम्बोधन गर्दै भने, सरकारले युवाहरुलाई रोजगारी प्रदान गर्नलाई विभिन्न निःशुल्क तालिमहरु सञ्चालन गरेको र यसबाट सबैले लाभ उठाउनुपर्छ र केही सिकेर स्वरोजगारी हुनुपर्छ। यस तालिमहरुको माध्यमबाट केही सिक्नुपर्छ। यसलाई सिरियसली लिनुपर्छ। यहाँबाट केही सिकेर जानुहोस्। जीटीए प्रमुख अनित थापाले अघि भने, सरकारले युवाहरुले केही सिकोस् र रोजगार पायोस् भनेर नै यस्ता तालिमहरु सञ्चालन गरेको हो।’कार्यक्रममा दार्जिलिङ पोलिटिक्स कलेज खरसाङकी प्राचार्य दिपा प्रधान, टफिक मुस्ताफा लगायत अन्यहरुले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा जिल्ला शासक आईएएस डा प्रिति गोयल र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट प्रमाण पत्रहरु वितरण गरिएको छ। यस कार्यक्रममा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा शासक आईएएस बिन्दवासिनी तेजा दिपकले खरसाङमा पश्‍चिम बंगाल सरकारको उत्कर्ष बंगला अन्तर्गत कौशल विकास तालिमको 12 वटा तालिमहरु सञ्चालन भईरहेको र आज 3 वटा नयाँ तालिमहरु सञ्चालन शुरु गरिएको जानकारी गराएका छन्। उनले यस कौशल विकास तालिमको उदघाटन कार्यक्रममा उपस्थित जिल्ला शासक आईएएस डा प्रिति गोयल र जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ