असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को असीत राई साहित्यिक मञ्चले कवि एवं साहित्यकार विकाभएको छ। शनिवार खरसाङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा मञ्चका अध्यक्ष ऋषि राईको अध्यक्षतामा सम्पन्न भएको एक सभामा यो निर्णय लिइएको हो। यस सभामा विगत सभाका पारित गरिएका प्रस्तावहरूलाई अध्यक्षद्वारा अनुमोदन गरिएको थियो भने मञ्चद्वारा सम्पन्न गरिएका कार्यक्रम अनि आगामी दिनमा आयोजना गरिने कार्यक्रमको बारेमा चर्चा गरियो। चर्चापछि सबैको सहमतिमा आगामी 9 अगस्तको दिन कवि एवं साहित्यकार विकास गोतामे स्मरण दिवस पालन गर्ने सर्वसम्मति भयो। सभामा आफ्नो वक्तव्य राख्दै मञ्चका अध्यक्ष ऋषि राईले भने, हामीले असीत राई साहित्यिक मञ्चको गठन गरेपछि ओझेलमा परेका अथवा पर्न लागेका कवि, साहित्यकार, लेखक, समाज सेवाकहरूलाई जनमानसको स्मरणमा ल्याउने कार्य गरिरहेका छौँ। नेपाली साहित्यका प्रथम अनि एक मात्र फेलो सदस्य असीत राई बितेर गएपछि तिनको साहित्यप्रतिको योगदान ओझेलमा पर्न लागेको हामीले अनुभव गरेपछि यो मञ्चको स्थापना गरेर हामीले जनमानसलाई असीत राईको स्मरण गरायौँ। हामीले असीत राई स्मृति ग्रन्थ (स्मृतिमा असीत राई) प्रकाशन गरेर तिनलाई अमर तुल्याउन सकेका छौँ भन्ने हामीलाई लाग्छ अनि यस कार्यको निम्ति असीत राई साहित्यिक मञ्चले गर्व पनि अनुभव गरेको छ। यस्तै एक कवि हरिभक्त कटुवालको जन्म जयन्ती पालन गरेर एक प्रखर कविलाई ओझेलमा पर्नदेखि जोगाउने कार्य गरिरहेका छौँ। यस्ता धेरै कवि, साहित्यकारहरू छन्‌‍ जसले नेपाली साहित्यलाई ठूलो योगदान दिएका छन्‌‍ तर ती कवि, साहित्यकारहरू ओझेलमा पर्न लागेका छन्‌‍ अथवा ओझेलमा परेका छन्‌‍। ती मध्ये विकास गोतामे एक हुन्‌‍, विकास गोतामेको कविताहरू पढ़दा आज पनि हामीलाई जोश-जाँगर पलाउँछ। तिनले जातीय जागरणका कविताहरू लेखेका छन्‌‍। हामीले विकास गोतामेलाई जनमानसको स्मरणमा ल्याउनको निम्ति आगामी 9 अगस्तको दिन विकास गोतामे स्मरण दिवस पालन गर्ने निर्णय गरेका हौँ। सचिव दीपक ठटालले भने, विकास गोतामेको जन्म दिन 28 जुलाई हो। हामीले विकास गोतामेको जन्म जयन्ती पालन गर्ने विचार गरेका थियौँ तर हामीसित समय छोटो रह्यो। 28 जुलाईको दिन कार्यक्रमको आयोजना गर्न हामी समर्थ भएनौँ, यसैले आगामी 9 अगस्तको दिन विकास गोतामे स्मरण दिवस मनाउने निर्णय लिएका छौँ। विकास गोतामे स्मरण दिवस कार्यक्रमको दिन मङ्पूका साहित्यकार कृष्ण गिरीलाई सम्बर्द्धना जनाउने पनि सभामा निर्णय गरियो। सभामा स्मरण दिवस कार्यक्रमको रुपरेखा पनि तयार गरियो। यसको अतिरिक्त सभामा मञ्चका उपाध्यक्ष देवराज मुखिया अनि सहसचिव दिलु थापाको अस्वस्थ्यको कारण साहित्य प्रकरणको दायित्व युवा कविद्वय सम्भू राई अनि रचिता छेत्रीलाई प्रदान गरियो। सभामा रचना राई अनाकारले कवि विकास गोतामेलाई एक क्रान्तिकारी र जनवादी कवि बताउदै नेपाली भाषीहरूमा क्रान्तिको बीज छर्ने यस्ता कविलाई ओझेलमा पर्न दिनु नहुने बताइन्‌‍। सभामा सम्भू राई, रचिता छेत्री, उदय दुमी, उमेद गोलेले पनि आ-आफ्नो मत राखेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ