कम्बोटिया चिया बगान सोमवारदेखि खोलिने

Share this news

खरसाङ, 19 जुलाई (निसं): अम्बोटिया चिया बगान अब पुनः सञ्चालनमा आउने पक्का भएको छ। चिया बगान खोल्नको निम्ति ससर्त सम्झौतामा हस्ताक्षर गरिएको छ। 18 जुलाईको दिन सिलगढ़ीको श्रमिक भवनमा बसेको 6 वटा ट्रेड युनियनका प्रतिनिधि अनि अम्बोटिया चिया कम्पनी प्रबन्धनबीचको सभामा छुटेको वेतन र बोनस सहितका महत्वपूर्ण मुद्दाहरू समेटेर विस्तृत रुपमा चर्चा गरिएपछि चिया बगान सोमबार 21 जुलाई देखि फेरि सञ्चालनमा ल्याउने निर्माण भएको छ। बैठकमा चर्चा अनि विचार-विमर्शपछि मुख्य सर्तहरू सहित बगान पुनः सञ्चालन हुने निर्णय लिइएको हो भनी भागोप्रमो श्रमिक संगठनका अध्यक्ष जेबी तामाङले बताएका छन्‌‍। तिनले बताए अनुसार, सर्त अनुसार बगान सञ्चालन शुरु भएको 15 दिनभित्रमा लगभग 36 लाख रुपियाँ बकाया वेतन श्रमिकहरूलाई प्रदान गरिरिनेछ। 2023 सालको बोनस (लगभग 65 लाख रुपियाँ) 2025 को दुर्गापूजा (दशैँ) अघि आवश्यक काग पत्रको प्रक्रिया पूरा गरी श्रमिकलाई दिइनेछ। हिल तराई डुवर्स प्लानटेसन्‌‍ वर्कर्स युनियनका अध्यक्ष जेबी तामाङले बताए अनुसार नयाँ व्यवस्थापनले वर्तमान वेतन नियमित रूपमा भुक्तान गर्ने र आगामी नोभेम्बर-दिसम्बरमा 5 लाख रुपियाँको किस्ता, त्यसपछि 2026 को अप्रेलदेखि 4 लाख रुपियाँ मासिक किस्तामा तिर्ने योजना सभामा बनाएको छ। सभामा गरिएको सम्झौता अनुसार बगान फेरि खोलिएपछि अम्बोटिया चिया कारखानामा चिया उत्पादन पनि शुरु हुनेछ। बिजुली आपूर्तिको निम्ति बिजुली कम्पनीलाई अनुरोध गरिनेछ। बजार व्यवस्थापनको लागि आवश्यक ओर्गेनिक प्रमाण पत्र फेरि जारी गर्न आईएमओ इण्डिया प्रालिले सहयोग गर्नेछ। सम्झौतामा नसमेटिएका केही मुद्दाहरू बारेमा बगान सञ्चालन शुरु भएको एक महिनापछि बगान स्तरमै छलफल गरिने। श्रमिक संगठन तथा प्रबन्धक पक्षले अम्बोटिया चिया बगानको समग्र विकासका लागि सहकार्य गर्ने र शान्ति कायम गर्ने सहमति जनाएका छन्‌‍। बगान बन्द भएर श्रमिकहरूले धेरै कठिनाइ भोग्नुपरेको समयमा यस सम्झौताले तत्काल राहत दिने बताइएको छ। बगानलाई लामो समयसम्म सञ्चालन गर्ने दिशामा अग्रसर बनाएको बताइएको छ। यस समय सबैको नजर सम्झौताका सर्तहरूको समयमानै कार्यान्वयनमा केन्द्रित छ। बगान फेरि खुलेपछि स्थानीय समुदाय, कर्मचारी र प्रबन्धन पक्ष सबैलाई ठूलो राहत र लाभ मिल्नेआशा गरिएको छ। स्मरण गराइन्छ, 10 अक्टोबर 2023 देखि अम्बोटिया चिया बगान बन्द रहेको थियो। तत्कालीन समयमा बगानको प्रबन्धन सिलगढ़ीको लेमनग्रास कम्पनीले गर्ने गरेको थियो। अब बगानको नयाँ प्रबन्धनको दायित्व कलकत्ताको अम्बुटिया चिया कम्पनीले लिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ