सोनादामा सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

Share this news

सोनादा, 4 जुलाई (निसं)ः सोनादा ट्राफिक पुलिसको आयोजनामा सेभ ड्राइभ सेफ लाइफ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। सोनादा ट्राफिक पुलिसद्वारा आयोजना गरिएको यस सचेतना कार्यक्रममा सोनादा क्षेत्रका विभिन्न स्कूलका विद्यार्थीहरुलाई लिएर ट्राफिक सचेतना र्‍यालीको आयोजना गरिएको छ। उक्त ट्राफिक सचेतना र्‍याली सरस्वती डाँडादेखि शुरु भएर सोनादा रेलवे स्टेशन साथै चौकीडाँडा, पेट्रोल पम्प हुँदै सोनादा रेलवे स्टेशनमा आएर र्‍यालीको समापन गरिएको छ। यस ट्राफिक सचेतना र्‍यालीमा सोनादा ट्राफिक पुलिसको ट्राफिक ओसी सबिन दर्नाल, सोनादा पुलिस आउट पोष्टका ओसी योगेस ठकुरी साथै अन्य पुलिस अधिकारीहरु, विद्यार्थीहरु र स्थानीयहरु उपस्थित रहेका थिए। उक्त ट्राफिक सचेतना रैली विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा ट्राफिक पुलिस ओसी सबिन दर्नालले गत 1 जुलाईदेखि 8 जुलाईसम्म सोनादा ट्राफिक पुलिसको आयोजनामा ट्राफिक सचेतना सप्ताह पालन गरिरहेको छ जसलाई कलकत्ताबाट निर्देशन आएको बताएका छन्। उनले यस सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक र ड्रग्सलाई लिएर विभिन्न स्थानहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
अचम्मित नभएको अभियुक्त मोनोजित मिश्राको दावि

अचम्मित नभएको अभियुक्त मोनोजित मिश्राको दावि

राहुल गान्धी ‘प्याडम्यान’ बन्न खोजिरहेको भनाइ

राहुल गान्धी ‘प्याडम्यान’ बन्न खोजिरहेको भनाइ

डा. मुनिश तामाङको जनसम्पर्क अभियान मिरिकमा

डा. मुनिश तामाङको जनसम्पर्क अभियान मिरिकमा

कमलो मनका सिक्किमे मुख्यमन्त्री जनताको पीडा बुझ्दै

कमलो मनका सिक्किमे मुख्यमन्त्री जनताको पीडा बुझ्दै

पर्यटन मानचित्रममा धमिलिदै छ जामुने पर्यटक स्थल

पर्यटन मानचित्रममा धमिलिदै छ जामुने पर्यटक स्थल

युवा अध्यक्ष मोक्तानद्वारा नयाँ सदस्यहरूसँग भेटघाट

युवा अध्यक्ष मोक्तानद्वारा नयाँ सदस्यहरूसँग भेटघाट

सिस्ने गाउँलाई जोड्न खनिएको सडक हिलोमा परिणत

सिस्ने गाउँलाई जोड्न खनिएको सडक हिलोमा परिणत

सडक निर्माण कार्य युद्ध स्तरमा, सहयोगको अपिल

सडक निर्माण कार्य युद्ध स्तरमा, सहयोगको अपिल

मुस्कान तामाङ र सुमन तामाङद्वारा सडक निर्माण

मुस्कान तामाङ र सुमन तामाङद्वारा सडक निर्माण

अधुरो काम बन्यो जन समस्याको कारण