पंखाबारी भानुभक्त पुस्तकालयमा भानु जयन्ती पालन

Share this news

पंखाबारी,13 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको 211 औँ जन्मजयन्ती पंखाबारीको भानुभक्त पुस्तकालयमा पालन गरियो। पुस्तकालयका संस्थापक सुरेश भित्रीकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा जीटीए पंखाबारी-अम्बटे-लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधान उपस्थित थिइन्। उषा कानु लामाद्वारा सञ्चालित कार्यक्रममा भानुभक्तको जीवनी स्वर्णिमा प्रधानले राखेकी थिइन् भने शिक्षिका शारदा मुखिया अनि देवराज शर्माले कविता वाचन गरे औ समारोहमा उपस्थित सदस्यहरूद्वारा रामायण पाठ पनि गरियो। समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि सभासद कल्पना प्रधानले जीर्ण अवस्थामा रहेको यहाँको यस भानुभक्त पुस्तकालयको तिनको पहलमा औ जीटीए प्रमुख अनित थापाको सहयोगमा जीर्णोद्धार गरिने कार्य गरिएको बताउँदै अब उसो यसको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी हामी सबै पंखाबबारीवासीको हो भनी जनाए। हामी सबैको सुस्तीपनले हाम्रो पंखाबारीको गरिमा विस्तारै हराएर जाँदै गरेको अनुभव गर्दै अब पुनः यहाँको गरिमालाई फर्काएर ल्याउन सबै एकजुट हुनुपर्ने बताइन्। प्रधानले छोटो समयमा यसरी कार्यक्रम गरिए तापनि यस कार्यक्रमलाई सफल पार्न सहयोग र सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ भव्यताकासाथ भानुजयन्ती पालन गर्नुपर्नेछ भनी बताइन्। तिनले यस भानुभक्त पुस्तकालय अनि यससँग सम्बन्धित विगतका दिनहरूको स्मरण गर्दै विगतमा यस पंखाबारी क्षेत्रमा ठूल्ठूला अनि महत्वपूर्ण कार्यक्रमहरू हुने गरेको बताउँदै आजभोलि यस्ता कार्यक्रमहरू हुन छोडेकोमा दुःख व्यक्त गरिन्। कार्यक्रमको आरम्भमा भानुभक्तको तस्विरमा धूप-दीप प्रज्वलन एवम् माल्यार्पण गरियो। कार्यक्रममा शिक्षक सुबोध लामा, सुरज प्रधान लगायत अन्यहरू उपस्थित थिए।


Share this news
आजको रोजाइ
delhi-bomb-blast-red-fort

लालकिल्ला नजिक कारमा विस्फोट: अहिले सम्म थाहा भएको विवरण

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

आजको रोजाइ