पुलिस डे को अवसरमा सोनादामा बाइक रैली साथै म्याराथनको आयोजना

Share this news

सोनादा, (निसं) : सोनादा ट्राफिक पुलिस अनि सोनादा पुलिस आउट पोष्टको आयोजनामा सोमवार पुलिस डे को अवसरमा जोरखोलादेखि आठ माइलसम्म बाइक ऱ्याली साथै म्याराथनको आयोजना गरिएको छ। उक्त बाइक ऱ्यालीमा सोनादा क्षेत्रका युवाहरु साथै विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यसको साथै सलेशियन कलेज र हाई स्कूलका विद्यार्थीहरु, एनएच 10 का राईडरहरु, प्रेमुस भोटिया, पञ्चायत सदस्य, कोरियर सेवाका कर्मचारीहरु लगायत स्थानीयहरुले भाग लिएका थिए। यस कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रेमुस भोटिया रहेका थिए भने सोनादा ट्राफिक पुलिसको प्रभारी सबिन दर्नाल, सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरी साथै पुलिस कर्मचारीहरु र सिभिक भोलेन्टियरहरु उपस्थित रहेका थिए। उक्त ऱ्यालीको आयोजना गर्नुको मुख्य उद्देश्य सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत जागरुकता गराउनु साथै सोनादा क्षेत्रलाई ड्रग्समुक्त बनाउनलाई सचेतना फैलाउनु रहेको बताइएको छ। उक्त सचेतना ऱ्याली र म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा ट्राफिक पुलिसको प्रभारी सबिन दर्नालले सोनादा ट्राफिक पुलिस र सोनादा पुलिस आउट पोष्टको आयोजनामा सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत सचेतनाको लागि म्याराथन साथै बाइक रैलीको आयोजना गरिएको जानकारी गराएका छन्‌‍। उनले यो कार्यक्रम अन्तर्गत सहभागी सबैलाई धन्यवाद दिएका छन्‌‍। उनले यस कार्यक्रम अन्तर्गत जनसाधारणलाई ट्राफिक सचेतना गराइएको र ट्राफिक नियमहरु सबैले पालन गरोस्‌‍ र जनता समक्ष यो मेसेज पुगोस्‌‍ भनेर कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्‌‍। कार्यक्रम विषयमा प्रमुख अतिथि प्रेमुस भोटियाले सोनादा ट्राफिक पुलिस र पुलिस आउट पोष्टको आयोजनामा गरिएको सचेतना कार्यक्रम राम्रो लागेको र यो पहल जनता समक्ष सचेतना फैलाउन पहल गरिएको बताएका छन्‌‍। उनले आफुहरु कुदेर जनतालाई जनचेतना फैलाउने कार्य गरिएको बताउँदै ट्राफिक नियम पालन गर्दा जनता सुरक्षित रहने र यस पहललाई जनताले बुझिदिनेछ भनी आशा व्यक्त गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ