सुन्दरीकरणका संरचनाहरूको स्यार-सम्भार आवश्यक

Share this news

खरसाङ, (निसं): खरसाङ बजारको विभिन्न स्थानमा शहर सुन्दरीकरणको निम्ति निर्माण गरिएको संरचनाहरूको स्यार-सुसार आवश्यक देखिएको छ। शहरमा निर्माण गरिएका यस्ता कतिपय संरचनाहरू धेरै समयदेखि स्यार-सम्भारको अभावमा जीर्ण बनेका छन्‌‍। यस्ता संरचनाहरूको नियमित देखरेख र स्यास-सम्भार गर्न पर्ने खाँचो देखिएको छ। खरसाङ्को मोटर स्ट्याण्डदेखि केही माथि वर्द्धवान रोडको भित्तामा रहेको खरसाङ शहरको नक्सा अनि टाइल्सद्वारा निर्माण गरिएको सानो रेलको प्रतिकृति धेरै समयदेखि स्यार-सम्भारको अभावमा रहेको छ। आकर्षक ढंगमा निर्माण गरिएका यी सुन्दरीकरणका संचनाहरूले बाहिरबाट आएका मानिसहरूलाई आकर्षित गर्ने, शहरको सुन्दरतामा बल मिल्ने भए तापनि अहिले स्यार-सम्भारको अभावमा जीर्ण बन्दै गएको छ। स्यार-सम्भारको अभावमा यहाँको शहर सुन्दरीकरणको संरचना झारपातले छोपेको अवस्थामा रहेको छ भने रंग उड़ेर गएको कारण विकृत अवस्थामा पुगेको छ। टायल्सद्वारा निर्मित संरचनाको टायल्सहरू उप्कन थालेको अवस्थामा पाइएको छ। यसै गरी एसडीपीओ कार्यालयको मुनि राष्ट्रिय राजमार्गको भित्तामा निर्माण गरिएको ल्याण्ड अफ ह्वाईट अर्किड लेखिएको सुन्दरीकरणको संरचना पनि वर्तमानमा जीर्ण बनिसकेको छ। विगत वर्षमा यस संरचनालाई सफा गर्ने कार्य गरिएको भए तापनि यसको मरमति र रंग लगाउने कार्य भने नगरिएको मानिसहरूले बताएका छन्‌‍। यसको छेवैमा भित्तमा बनाइएको एउटा सुन्दर प्रेरणादायी चित्र वर्तमानमा पूर्ण रुपले मेटिएको छ, चित्र मेटिएपछि वर्तमानमा यो स्थानमा पोष्टर टाँस्ने गरिएको छ। यसै गरी यहाँको अस्पताल मोड़मा रहेको पर्यटक गाइड म्याप पनि थोत्रे भएर नष्ट भएको धेरै वर्ष भइसकेको भए तापनि अहिलेसम्म नयाँ म्याप लगाउने कार्य गरिएको छ। म्याप लगाइएको उक्त फ्रेम अहिले बाँदर खेल्ने स्थान बनेको छ। शहरमा रहेका यी सुन्दरीकरणका संरचना अनि साइन बोर्डहरूको देखरेख नियमित गर्न पर्ने अनि समय-समयमा यस्ता संरचनाहरूको मरमति र रंग लगाउने कार्य गरिन पर्ने आवश्यक रहेको छ।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ