सीपीएमद्वारा विविध मांगमा खरसाङ्मा पोस्टरिङ

Share this news

खरसाङ, (मोहन प्रसाद): सीपीएम खरसाङ एरिया कमिटीद्वारा शनिवार खरसाङ शहरको विभिन्न ठाउँमा व्यापक पोस्टेरिङ गर्दै सरकार समक्ष विभिन्न मांगहरू राख्दै विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गरिएको छ। यस अवधि पत्रकारहरूसित बोल्दै सीपीएम एरिया कमिटी सचिव चेतन गुरुङले जनाए अनुसार, विभिन्न मुद्दा अनि विषय वस्तुहरूमा सरकारको ध्यान आकर्षण गर्दै साथै विभिन्न मांगहरू उठाउँदै, वर्तमानमा सीपीएम पार्टीद्वारा राज्यको अन्य ठाउँहरू झैं सम्पूर्ण पहाड़मा पनि पोस्टरिङ संगै विविध कार्यक्रमको आयोजन भइरहेको छ। यसै क्रममा आज शनिवार पार्टीद्वारा खरसाङ मोटर स्ट्याण्ड संग्लग्न क्षेत्रमा व्यापक पोस्टरिङ गरियो। तिनले थप जनाए अनुसार, उच्च अदालतद्वारा सय दिने रोजगार योजनाको पुन: बहाली साथै यस योजना अन्तर्गत मानिसहरूले पाउने पर्ने रहल राशि दिन पर्छ भनी आदेश दिइए पनि अहिले पनि उक्त योजना पुन: शुरु भएको छैन। त्यति मात्र होइन, सीपीएमको पक्षबाट सय दिनेको सट्टामा दुई सय दिन रोजगार दिनु पर्छ भनी मांग रहेको छ। खरसाङ क्षेत्रमा दशकैाँंदेखि भाड़ामा बस्ने मानिसहरूलाई हाउजिङ फर अल वा अन्य आवास योजना अन्तर्गत घरको प्रदान गर्न पर्छ भनी मांग गरिएको छ। खरसाङ नगरपालिका संगै पहाड़को अन्य नगरपालिकाहरूमा धेरै वर्षदेखि चुनाव भएको छैन्‌‍, यी नगरपालिकाहरूमा निर्वाचित प्रतिनिधिहरू छैनन्‌‍। यी नगरपालिकाहरूमा यथाशीघ्र चुनाव हुनुपर्छ। त्यति मात्र होइन, सन्‌‍ 2011 देखि यता विभिन्न सरकारी कार्यालयहरूमा रिक्त पदहरू धेरै रहे तापनि नयाँ नियुक्ति भएको छैन्‌‍, यस विषयमा पनि सरकारको ध्यान आकर्षण गरिएको छ। यस बाहेक पार्टीद्वारा चाँडै विभिन्न क्षेत्रमा एवं घरहरूमा गएर के-कति बेकारी छन्‌‍, त्यसको जानकारी लिएर सरकार समक्ष सबैलाई शिक्षा, सबैलाई काम अन्तर्गत सरकारी काम दिन पर्छ नत्र सय दिने योजना अन्तर्गत काम दिन पर्छ भनी माग गर्दै हामी काम गर्नेछौँ। तिनले वर्तमानमा चिया बगानका श्रमिकहरूको निम्ति सरकारले 20 प्रतिशत बोनसको एड्भायजरी जारी गरेकोमा स्वागत जनाउदै यो लागु हुन्छ, अथवा हुँदैन त्यो हेर्न बाँकी छ। चिया बगानका श्रमिकहरूले 20 प्रतिशतको दरले बोनम पाउन पर्छ भन्ने हाम्रो माग छ। वर्तमानमा धेरै चिया बगानहरू बन्द छन्‌‍, ती चिया बगानहरू खोल्नको निम्ति सरकारले सठीक तरिकाले काम गर्न पर्छ भन्ने हाम्रो माग छ। यी बन्द चिया बगानहरूका श्रमिकहरूको बोनसको के हुन्छ, त्यो पनि हेर्न बाँकी छ। यसमा पनि सरकारले कार्य गर्न पर्छ। यी चिया बगानका श्रमिकहरूको निम्ति सरकारले कुनै न कुनै व्यवस्था गर्न पर्छ भन्ने हाम्रो माग छ। यस बाहेक अन्य धेरै मुद्दाहरू रहेका छन्‌‍। ती मुद्दाहरूलाई लिएर आगामी दिनमा हामी व्यापक आन्दोलन गर्नेछौँ। सीपीएमका दार्जीलिङ जिल्ला सचिव मण्डली सदस्य सचिन खातीले भने, सरकारले चिया बगानका श्रमिकहरूको निम्ति एडभायजरी जारी गर्न सक्छ भने न्यूनतम रोज किन लागु गर्न सक्दैन। यसको निम्ति पनि सरकारले काम गर्न पर्छ। कार्यक्रममा सीपीएमका जिल्ला सदस्य उत्तम शर्मा, खरसाङ्का प्रतिनिधिहरू नरेन्द्र प्रधान, दीपा तामाङ अनि अन्यान्य उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ