फलाई राम्रो रहेकोले उत्साहित छन् सिविटारका सुन्तला कृषकहरू

Share this news

तीनधारे, (निसं): खरसाङ महकुमा अन्तर्गत सिविटारको सुन्तला केही मिठो र साइजमा पनि राम्रो रहेको छ भने यसपाली सिविटारमा गत वर्षको तुलनामा केही राम्रो फलाई रहेको बताइएको छ। सिविटार चियाबारीको विभिन्न गाउँहरुमा यसपाली सुन्तला फलाई राम्रो रहेको छ। गत वर्ष सिविटारमा सुन्तला फलाई राम्रो थिएन र सुन्तला कृषकहरु निराश बनेका थिए भने यसपाली सुन्तला फलाई राम्रो रहेको कारणले सुन्तला कृषकहरुमा केही उत्साह देखिएको छ। सिविटारको सुन्तलाको पहिलो बजार खरसाङ अनि दोस्रो सिलगढी रहेको छ। यहाँको सुन्तला साइजमा ठूलो र खानुमा पनि मिठो रहेको छ भने रंग पनि राम्रो रहेको सुन्तला कृषकहरु बताउँछन्‌‍। सिविटार अहिले सुन्तलाको लागि मुख्य स्थान बनेको छ। अन्य स्थानहरूमा सुन्तला खेती विस्तारै मासिन्दै गईरहेको छ भने सिविटारमा अहिले पनि सुन्तला खेती राम्रो रहेको छ भने फलाई पनि राम्रो नै रहेको छ। यसपाली सिविटारको सुन्तला दशैं तिहार र छठ पूजाको समयमा नै बजारमा निस्केको थियो। तर तेतिबेला केही ठाउँमा बेसी पाकेको थिएन। तर अहिले भने सिविटारको सुन्तला पाकेको अवस्थामा रहेको छ। सिविटारको सुन्तला बगान बगानबाट नै पैकारीहरुले मोलाई गरेर किन्ने गरेको अनि पैकारीले नै बजारमा लाने गरेका छन्‌‍। यसपाली सिविटारको सुन्तला एउटा बगान कम्तीमा 20 देखि 25 हजार र बेसीमा 2 देखि 3 लाख रुपियाँसम्म दाम लगाएर किनेर बजारमा लगेर बिक्री गर्ने गरेको जानकारी प्राप्त भएको छ। यसपाली सिविटारको गुम्बाडाँड़ा र तेरेस गाउँमा सुन्तला फलाई राम्रो रहेको बताइएको छ। गुम्बाडाँड़ामा अम्बर शर्माको सुन्तला सर्वाधिक फलाई रहेको र सुन्तला बगान नै 5 लाख तोकेको तर केही कम्तीसम्म मिल्ने पनि बताएका छन्‌‍। यसको साथै कतिवटा बगानहरु पैकारीहरुले किनिसकेको र कतिवटा सुन्तला बगानहरु किन्न बाँकी रहेको बताइएको छ। सिविटारको सुन्तला विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीय पैकारी नवराज छेत्रीले गत वर्षको तुलनामा यसपाली सिविटारमा सुन्तला फलाई राम्रो रहेको र सिविटारको सुन्तला मिठो हुनको साथै साइजमा पनि राम्रो साथै राम्रो रंगको रहेको बताएका छन्‌‍। उनले आफुले लामो समयदेखि सुन्तलाको व्यापार गरेको र यसपाली केही राम्रो हुने आशा गरेको पनि जानकारी गराएका छन्‌‍। उनले आफुले सर्वाधिक एक लाख दश हजारसम्म एउटा सुन्तला बगानलाई दाम दिएको र कम्तीमा 20 देखि 25 हजार रुपियाँ दाम दिएको बताएका छन्‌‍। नवराज छेत्रीले सुन्तलाको व्यापारमा कोही बेला नाफा पनि हुने र कोही बेला नोक्सान पनि हुने गरेको बताउँदै आफुले सुन्तला खरसाङ बजारमा लगेर बिक्री गर्ने गरेको बताए। उनले सिविटारको सडकको अवस्था केही खराब भएकोले बजार काम भने केही असुविधा भईरहेको बताएका छन्‌‍। त्यसरी नै सुन्तला कृषकहरुमा सिविटारको गुम्बाडाँड़तर यसपाली फलाई राम्रो रहेकोले केही दाम राम्रो पाउने आशा रहेको बताएका छन्‌‍। उनले यसपाली आफुले 2 लाख रुपियाँ दाम तोकेको र पैकारीले अलिक घटाएर अलिक कम्तीमा मिल्ने बताएका छन्‌‍। उनले सिविटारमा सुन्तला फलाई यसपाली राम्रो रहेको र सुन्तला बगानलाई एक लाख, दुई लाख, डेढ़ लाख, अढ़ाई लाखसम्म दाम लगाएको पनि बताएका छन्‌‍। उनले आफ्नो बारीबाट दुई गाड़ी सुन्तला निस्कने आशा गरेको पनि बताए। यसै क्रममा सिविटारको गुम्बाडाँडा निवासी अम्बर शर्माको सुन्तला बगानमा अधिक सुन्तला फलेको बताइएको छ। उनको बगानमा यसपाली अधिक सुन्तला फलेको कारणले उनले यसपाली पाँच लाख दाम तोकेका छन्‌‍ भने त्यसबाट दाम केही मिल्ने पनि बताएका छन्‌‍। यस विषयमा अम्बर शर्माले गत वर्ष सुन्तला फलाई राम्रो थिएन र केवल पचास हजारमा मात्रै बिक्री भएको तर यसपाली भने सुन्तला फलाई राम्रो रहेको कारणले दाम पनि राम्रो पाउने आशा रहेको बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ