साहित्य कला संस्थान्‌‍ तीनधारेको आयोजनामा 211 आौँ भानु जयन्ती समारोह

Share this news

साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा 211 औँ भानु जयन्ती समारोह सम्पन्न भएको छ। तीनधारेको महात्मा गान्धी हलमा सम्पन्न उक्त भानु जयन्ती समारोहलाई साहित्य कला संस्थान तीनधारेका सभापति रञ्जनकुमार रसाइलीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका रञ्जना प्रधान उपस्थित रहेकी थिए। स्वागत भाषण साहित्य कला संस्थानका मूल सचिव सन्तोष लामाले राखेका थिए। आदि कवि भानुभक्त आचार्यको तस्वीरमा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीबाट धुप-दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा रामायण पाठ गैरी गाउँका युवाहरूले गरेका थिए। कार्यक्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, सारथी स्वनिर्भर दल, ग्राम कल्याण समिति क्रिकेट बजार, रिगल एकाडेमी, गैरी गाउँ आदिका कलाकारहरूद्वारा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा सेवान छेत्री र सृष्टि सुनारले कविता वाचन गरेका थिए भने स्नेह बरदेवाले लेख प्रस्तुत गरेकी थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका रञ्जना प्रधानले आफ्नो सम्बोधनमा साहित्य कला संस्थान तीनधारेले असल र सफल समाज निर्माणको लागि यस्ता कार्यक्रमहरू आयोजना गरिरहेको र यस्ता कार्यक्रमहरूमा विद्यार्थीहरूको सहभागिता महत्वपूर्ण हुने बताएइन्‌‍। उनले आदि कवि भानुभक्त आचार्यले हाम्रो भाषा र संस्कृतिलाई उच्च स्थानमा पुराएको बताउँदै आदि कवि भानुभक्त आचार्यलाई श्रध्दाञ्जली अर्पण गरिन्‌‍। उनले यस्तो कार्यक्रमहरू हुन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरुबाट नानीहरूले नैतिक शिक्षा सिक्ने बताइन्‌‍। प्रमुख अतिथि रञ्जना छेत्रीले आजको समाजमा संस्कार हराएर गएको बताउँदै नानीहरूलाई नैतिक शिक्षा आवश्यक रहेको बताइन्‌‍। कार्यक्रम अध्यक्ष रञ्जनकुमार रसाइलीले पनि वक्तव्य राखेका थिए।


Share this news
आजको रोजाइ
delhi-bomb-blast-red-fort

लालकिल्ला नजिक कारमा विस्फोट: अहिले सम्म थाहा भएको विवरण

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

वनवासी कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सिंह जीटीएमा

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

पीडितहरूबाट बैंक विवरण र सहयोगी कागजातहरू पेश गर्न ढिलाइ

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

आजको रोजाइ