स्थानीय तहमा भएको गोर्खाल्याण्ड आन्दोलनको इतिहास लिखित रुपमा लेखिनु आवश्यक छः आईएन प्रधान

Share this news

तीनधारे,27 जुलाई(निसं): गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्नलाई तीनधारे महानदी समष्टिको घैयाबारीमा शहीद दिवस समारोह सम्पन्न भएको छ। उक्त समारोह दागोपापका पूर्व पार्षद आईएन प्रधानको अध्यक्षतामा र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। बिपना विश्वकर्मले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले राखेका थिए। यस अवसरमा घैयाबारीको शहीद वेदीमा शहीदहरूलाई सबैले श्रध्दाञ्जली अर्पण गरेका थिए। यस अवसरमा घैयाबारी क्षेत्रबाट शहीद भएका शहीदहरु क्रमैले महेन्द्रनारायण प्रधान, शिवराज थापा, लवाङ तामाङ, मधुकर थापा र कृष्ण जोगीको परिवारलाई सम्मान्‌‍? जनाइएको छ। शहीद दिवस समारोहमा कवि मिलन प्रधान साथै विद्यार्थीहरुलो कविता वाचन गरेका थिए। कार्यक्रममा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत तीनको प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, पञ्चायत सदस्यहरु, प्रधान अध्यापक दिनेश प्रधान लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न स्कूलका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरु र अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका सपुतहरुलाई श्रध्दाञ्जली अर्पण गरिएको बताएका छन्‌‍। कार्यक्रममा सभाध्यक्ष पूर्व पार्षद आईएन प्रधानले आफ्नो वक्तव्यमा खरसाङ क्षेत्रमा जम्मा 26 जना र घैयाबारी क्षेत्रमा 4 जना शहीद भएको जानकारी गराएका छन्‌‍ । गोर्खाल्याण्डको आन्दोलनमा शहीद भएका शहीदहरुको सठीक विवरण र स्थानीय इतिहास लेखिनुपर्छ भनी बताएका छन्। उनले विद्यार्थी नानीहरुलाई विशेष गरेर गोर्खाल्याण्ड आन्दोलनको इतिहास बुझाउनुपर्छ भन्दै स्थानीय तहको इतिहास लिखित रुपमा लेखिनुपर्छ भनी बताएका छन्‌‍। पूर्व पार्षद आईएन प्रधानले बंगाल सरकार र केन्द्रको भाजपा सरकारले हामीलाई भाँडाकुटी खेलेको जस्तो गर्दैछ भनी बताउँदै हाम्रो नेताहरुमा सतबुध्दि आउन्‌‍? भनी बताएका छन्। घैयाबारीमा आयोजित शहीद दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍ ।

 


Share this news
आजको रोजाइ
निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी