स्थानीय तहमा भएको गोर्खाल्याण्ड आन्दोलनको इतिहास लिखित रुपमा लेखिनु आवश्यक छः आईएन प्रधान

Share this news

तीनधारे,27 जुलाई(निसं): गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्नलाई तीनधारे महानदी समष्टिको घैयाबारीमा शहीद दिवस समारोह सम्पन्न भएको छ। उक्त समारोह दागोपापका पूर्व पार्षद आईएन प्रधानको अध्यक्षतामा र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। बिपना विश्वकर्मले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले राखेका थिए। यस अवसरमा घैयाबारीको शहीद वेदीमा शहीदहरूलाई सबैले श्रध्दाञ्जली अर्पण गरेका थिए। यस अवसरमा घैयाबारी क्षेत्रबाट शहीद भएका शहीदहरु क्रमैले महेन्द्रनारायण प्रधान, शिवराज थापा, लवाङ तामाङ, मधुकर थापा र कृष्ण जोगीको परिवारलाई सम्मान्‌‍? जनाइएको छ। शहीद दिवस समारोहमा कवि मिलन प्रधान साथै विद्यार्थीहरुलो कविता वाचन गरेका थिए। कार्यक्रममा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत तीनको प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, पञ्चायत सदस्यहरु, प्रधान अध्यापक दिनेश प्रधान लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न स्कूलका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरु र अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका सपुतहरुलाई श्रध्दाञ्जली अर्पण गरिएको बताएका छन्‌‍। कार्यक्रममा सभाध्यक्ष पूर्व पार्षद आईएन प्रधानले आफ्नो वक्तव्यमा खरसाङ क्षेत्रमा जम्मा 26 जना र घैयाबारी क्षेत्रमा 4 जना शहीद भएको जानकारी गराएका छन्‌‍ । गोर्खाल्याण्डको आन्दोलनमा शहीद भएका शहीदहरुको सठीक विवरण र स्थानीय इतिहास लेखिनुपर्छ भनी बताएका छन्। उनले विद्यार्थी नानीहरुलाई विशेष गरेर गोर्खाल्याण्ड आन्दोलनको इतिहास बुझाउनुपर्छ भन्दै स्थानीय तहको इतिहास लिखित रुपमा लेखिनुपर्छ भनी बताएका छन्‌‍। पूर्व पार्षद आईएन प्रधानले बंगाल सरकार र केन्द्रको भाजपा सरकारले हामीलाई भाँडाकुटी खेलेको जस्तो गर्दैछ भनी बताउँदै हाम्रो नेताहरुमा सतबुध्दि आउन्‌‍? भनी बताएका छन्। घैयाबारीमा आयोजित शहीद दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍ ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ