नव पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

Share this news

खरसाङ,  (निसं): वस्मृतिको धुलकणमा पर्दै गएका शहीदहरूलाई जनमानसकरो स्मरणमा ल्याउन, शहीदहरूलाई अमरोत्व प्रदान गर्न 28 नम्सबर समष्मटिका सभासद श्याम शेर्पाले समष्टिको विभिन्न स्थानमा शहीदको नाम, परिचय, शहीद भएको मिति लेखेर बोर्ड लगाउने कार्य गरेका छन्‌‍। तिनले यस्ता बोर्डहरू भिक्टोरिया, नयाँ बस्ती, शेर्पा बस्ती अनि अन्य स्थानमा लगाएका छन्‌‍। शेर्पाले यी बोर्डहरू गत 26 जुलाईको दिनै लगाएको पनि बताएका छन्‌‍। बोर्ड लगाउने कार्यको बारेमा बताउदै सभासद्‌‍ श्याम शेर्पाले भने, जनमानसले शहीदहरूलाई भुलिसकेका छन्‌‍, विशेष नव पिँड़ीकाहरूलाई छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो प्राणको बलिदान दिने यी शहीदहरूको बारेमा कुनै जानकारी छैन, धेरै नव पिँड़ीले यी शहीदहरूलाई चिन्दैनन्‌‍, शहीदहरूको बारेमा केही जान्दैनन्‌‍। मैले धेरै स्थानमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा सन्‌‍ 1986 देखि यता शहीद भएकाहरूको विषयमा सोधखोज गरेँ। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो प्राणको बलिदान दिने शहीदहरूको बारेमा गाउँकै कतिपय मानिसहरूलाई थाहा नरहेको पाएँ। यसैले ती शहीदहरूलाई जनमानसमा जिउँदो राख्न, नव पिँड़ीलाई ती शहीदहरू चिनाउनको निम्ति मैले शहीदको गाउँको बाटो, सार्वजनिक स्थलमा शहीदको नाम, परिचय र अन्य विवरण लेखेर टाँस्ने कार्य गरेको छु। यस्ता बोर्डहरू 28 नम्बर समष्टिको पाँच-छवटा स्थानमा लगाएको छु। यी बोर्डहरू हेरेर, बोर्डमा लेखिएको शहीदको परिचय र विवरण हेरेर शहीदहरूको बारेमा जानुन्‌‍, प्रत्येकले स्मरण गरुन्‌‍ भन्ने मेरो उद्देश्य हो। सभासद्‌‍ शेर्पाले आगामी दिनमा 28 नम्बर समष्टिमा समष्टिका सबै शहीदहरूलाई समेटेर एउटा शहीद वेदीको निर्माण गर्ने योजना रहेको पनि बताएका छन्‌‍। शहिद संकर प्रधानको नामको बोर्ड डाउहिलस्थित खरसाङ डीएफओ कार्यालय अघि, शहीद विष्णु माया छेत्रीको नामको बोर्ड डाउहिलको सुवास घिसिङ मेमोरियल हल नजिक, शहीद पुरण रावतको नामको बोड कटलेरीको फादरवेरी रोडबाट सेन्टहेलेन्स स्कूल तर्फ जाने बाटोमा, शहीद सुमन राईको नामको बोर्ड भूतपूर्व नगरपालिका अध्यक्ष कृष्ण लिम्बूको घर पस्ने गोलाई (चेयरम्यान गोलाई) मा, शहीद धनबहादुर घिसिङ्को नामको बोर्ड कटलेरी गोलाईमा, शहीद राजेश रोकाको नामको मन्टभियटको चौरस्तामा अनि शहीद नवीन तामाङ्को नामको टाँसी साम्तेनलिङ गुम्बा छेउमा सहीद परिवारका सदस्यहरूको बहुलीबाट विधिवत पूजा गरेर लगाइएको हो। बोर्ड लगाउने कार्यमा खरसाङ पञ्चायत समिति सदस्य दिनेश तामाङ, भागोप्रमो समष्टि उपाध्यक्ष अजित मोक्तान, समष्टि कार्यवाहक सचिव प्रेम बम्जन, सदस्य लक्ष्मण गुरुङ, सुरेन्द्र तामाङ, रुपेश देवान, समष्टि नारी शक्ति अध्यक्षा शुष्मा मुखिया, कार्यवाहक सचिव ललिता छेत्री, सदस्या प्रतिमा लेप्चा, चन्दना प्रधान, रञ्जिता गुरुङ अनि अन्यान्‌‍ सामेल थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ