नयाँ विद्यालय भवनमा सार्ने विषयमा जीटीएको शिक्षा विभागको कार्यकारी निर्देशकको भ्रमण निरीक्षण

Share this news

तीनधारे , (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकले बिहीबार तीनधारे क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। उनले गत केही दिन अघि अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट दिइएको ज्ञापन अनुसार तीनधारेको राजबारीमा जीटीएबाट निर्माण भएको विद्यालय भवनको प्रयोगलाई लिएर निरीक्षण भ्रमण पनि गरेका छन्‌‍। शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकसितै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान, कार्यकारी सदस्यहरु मनोहर थापा, राजीव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। जीटीएको शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकले तीनधारेको राजबारीस्थित नयाँ भवनको निरीक्षण भ्रमणसितै तीनधारेको स्कूल डाँड़ामा रहेको तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय भवनको पनि निरीक्षण भ्रमण गरेका थिए। यस अवसरमा उनले विद्यालयका शिक्षिकाहरुसित पनि बातचीत गरेका थिए। शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकसितै क्षेत्रीय सभासद नवराज छेत्री र विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले पनि चर्चा परिचर्चा गरेका थिए। तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको जीर्णावस्थामा पुगेको भवनलाई सबैको सहमति भएमा राजबारीमा बनिएको नयाँ भवनमा सारिन सक्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त विद्यालयको निरीक्षण साथै चर्चा परिचर्चा गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकले विद्यार्थी महासंघको तर्फबाट ज्ञापनपत्र प्राप्त भएपछि तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय भवनको निरीक्षणमा आएको र अर्को ठाउँमा सार्ने विषयमा छलफल गर्नलाई भ्रमण गरिएको बताएका छन्‌‍। उनले यस विषयमा फाइनल निर्णय नयाँ भवनको अधिकार पाउन स्वीकृति हुनु पर्ने र विद्यालय सञ्चालन समितिको सभा बसेर निर्णय गरिनु पर्ने बताएका छन्‌‍। त्यसरी नै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले यस विद्यालय भवन जीर्णावस्थामा पुगेकाले नयाँ भवननिर्माणको मांग भए पनि भने जस्तो कार्य अघि नबढेको साथै यस विद्यालयको सुरक्षाको लागि अर्को ठाउँमा सार्ने विषयमा छलफल गरिएको साथै यसलाई तीनधारेको राजबारीमा जीटीएबाट निर्माण गरिएको विद्यालय भवनमा सार्ने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्‌‍। सभासद नवराज छेत्रीले कन्या उच्चत्तर माध्यमिक विद्यालयको भवन जीर्णावस्थामा पुगेको र सुरक्षाका लागि विद्यार्थी महासंघले पहल गर्दै जीटीएबाट निर्माण गरिएको तीनधारेको राजबारीमा रहेको नयाँ भवनमा सार्ने विषयमा छलफल गरिएको बताउँदै उनले यो भवन सार्न सके असल हुने र यसको लागि राजबारीमा बनिएको भवनको लागि तीनधारे उच्चत्तर माध्यमिक विद्यालयबाट अनुमति पाउनु पर्ने बताएका छन्‌‍। यसै कुरालाई लिएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकले निरीक्षण भ्रमण गरेको पनि जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

आजको रोजाइ