लोवर लिङतेन प्राथमिक पाठशाला भवनले काचुली फेर्ने

Share this news

बिजनबारी,25 जुलाई(निसं): विगत लामो समयदेखि जर्जर आवस्थामा रहेको पुल-बिजनबारी सर्कल अधिनस्त कैजले तथा गोक-दुई ग्राम पञ्चायतको सिमामा रहेको लोवर लिङतेन प्राथमिक पाठशालाले अन्तत काचुली फेर्ने भएको छ। विद्यालयले नयाँ पक्की भवन बनिने भएसंगै यस विद्यालयले काचुली फेर्ने पक्का भएको हो। यसै क्रममा एक कार्यक्रमको साथमा विद्यालय भवनको शिलान्यास सम्पन्न गरियो। कार्यक्रममा जीटीए सभा उपाध्यक्ष तथा  प्राथमिक शिक्षा विभाग प्रभारी सभासद राजेस चौहान क्षेत्रीय तथा जीटीए कृषि विभागीय प्रभारी सभासद सतिश पोख्रेल शिक्षा विभागीय अधिकारीगण, एसआई, कैजले ग्राम पञ्चायत प्रधान प्रमिला लामा उपप्रधान पुजा छेत्री, स्थानीय वार्ड सदस्य राजेस छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रेलिङ कैजले समष्टि महासचिव रोशन तामाङ, विद्यालयका शिक्षक- शिक्षिका, अभिभावक विद्यार्थी लगायत सर्वसाधारणको विशेष उपस्थिती थियो भने उनीहरुकै उपस्थितिमा धार्मिक पुजा-अर्चनाको साथमा नयाँ विद्यालय भवनको शिलान्यास गरियो।
भुतपुर्व प्रधान अध्यापक प्रेम कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक नृत्यहरु प्रस्तुति गरेका थिए भने यति लामो समयपछि पाएको विद्यालयको भवनले क्षेत्रवासीहरुको जनआकांक्षा पुरा मात्रै नभएर प्राथमिक स्तरका सरकारी बिधालयहरुलाई सरकारले ध्यान दिदैछ भन्ने सन्देश समेत रहेको विद्यालय परिवारको पक्षमा व्यवस्थापन समितिको सभापति प्रदीप छेत्रीले बताए भने भवन निर्माणको निम्ति पहल गरिएकोमा संबंधित विभागसगै क्षेत्रीय सभासद तथा जीटीए सरकारप्रती आभार प्रकट गरे।
अर्कोतिर, स्थानीयवासीहरुको जनआकाक्षा अनुरुप काम गर्न जीटीए लागिपरेको तथा गाउँवासीको माग विद्यालय भवन निर्माण गर्न पाउदा आफुलाई निक्कै आनन्द लागेको क्षेत्रीय सभासद सतिश पोख्रेलले बताए। यसका साथमा जीटीए प्रमुख कार्यपाल अनित थापाकै मुख्य पहलमा विद्यालयले नयाँ काचुली फेरेको उनले बताए। उनले अझ भने, हाम्रो मुख्य लक्ष्य भनेको पहाडको सरकारी विद्यालयहरुको शिक्षा स्तरलाई माथि उठाउदै त्यसको पुर्वधार निर्माण गर्नु यद्यपि कतिपय कुराहरु मदेश सरह भएकोले भनेजस्तो परिवर्तन भएको छैन। तथापि पहाडको शिक्षाको गरिमालाई अधि बडाउदै लैजानु हामी सदैव लागि पर्छौ।
स्मरण रहोस् 1958 सालमा स्थापित लोवर लिङतेन प्राथमिक विद्यालय क्षेत्रकै नमुना विद्यालयमा एक हो भने गाउँवासीहरु विशेष पहलमा हाल यस विद्यालयमा तीन दर्जनभन्दा अधिक विद्यार्थीहरु अग्रेजी स्कुल सरह अग्रेजी माध्यममै विद्या आर्जन गर्ने गर्दछन्।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ