लङ्भ्यूको शहीद वेदीमा समष्टिका सबै शहीदहरूको नाम लेखिने

Share this news

पंखाबारी, (निसं): लङ्भ्यू चियाबारीस्थित केराबारी साई सेवा केन्द्र नजिक रहेको शहीद वेदीमा अब पंखाबारी, अम्बटे, लङ्भ्यू समष्टिका सबै शहीदहरूको नाम लेखिनेछ। यसको घोषणा पंखाबारी, अम्बटे, लङ्भ्यू समष्टि कार्यकारि सभासद कल्पना प्रधानले गरेकी हुन्‌‍। गत आइतवार यसै शहीद वेदी परिसरबाट उनले शहीद दिवसको अवसरमा यो घोषणा गरेकी हुन्‌‍। तिनले यसै अवधि शहीदहरूको त्याग र बलिदानको स्मरण र सम्मान गर्दै प्रत्येक क्षेत्रका बाटोघाटोहरूको नाम पनि शहीदहरूको नाममा राखिनुपर्ने धारणा रेखिन्‌‍। प्रधानले आगामी वर्ष यस शहीद वेदीमा शहीद निमा थिङ अनि शहीद स्वरूपसिंह लकान्द्रीको नामसँगै यस समष्टिका अन्य पाँचजना शहीदहरूको पनि नाम अङ्कित गरिने अवगत गराइन्‌‍। यसको निम्ति आफ्नो व्यक्तिगत एवं जीटीएको पक्षबाट उचित सहयोग प्रदान गर्ने वचन दिइन्‌‍। तिनले कोही पनि गोर्खा यस्तो छैनन्‌‍ होला जसले गोर्खाल्याण्ड चाहँदैनन्‌‍ भन्दै तर माग्ने तरिका सही हुनुपर्छ। शान्ति, गणतान्त्रिक अनि न्यायसंगतले मागेको गोर्खाल्याण्डलाई तिनको पनि समर्थन रहेको जनाइन्‌‍। आज शहीदहरूकै त्याग र बलिदानले दागोपाप अनि जीटीए जस्ता एउटा स्वायत्त शासन व्यवस्था पहाडमा भित्रिएको जनाउँदै यस्ता व्यवस्थाहरूले पनि आज गोर्खाहरूले यो देशमा विदेशीको लाञ्छना लाग्नबाट जोगाएको तथा यी व्यवस्थाहरू मार्फत पहाडमा धेरै विकासका कार्यहरू भएको जनाइन्‌‍ औ तिनै शहीदहरूको बलिदानबाट प्राप्त व्यवस्थाहरू मार्फत बनिएका सडक अनि बाटोघाटोहरूको नाम तिनै शहीदहरूको नाममा राखिए ती शहीदहरू केवल शहीद दिवसको एकदिन होइन तर प्रत्येक दिन, पल मानिसहरूको मन, मष्तिष्क अनि इतिहासमा स्वर्ण अक्षर बनेर रहनेछन्‌‍ भनी बताइन्‌‍ प्रधानले जीटीए व्यवस्थाबाट पहाडमा अस्सी प्रतिशत विकास भएको दावी गर्दै वर्तमान जीटीए मुख्य कार्यपाल अनित थापाको कुशल नेतृत्व र असल सोचको कारण यो सम्भव हुन सकेको बताइन्‌‍। तिनले यस्ता विकासहरूबाट पहाडको आर्थिक, सामाजिक, शैक्षिक,पर्यटन एवम्‌‍ अन्य क्षेत्रको विकास भएको जनाउँदै आज पहाड शान्ति छ र नै यसरी लगातार रूपमा विकासका कार्यहरू भइरहेको दावी गरिन्‌‍। शिक्षाप्रति जोड दिँदै पहाडका सबै हाम्रा नानीहरूले उच्च शिक्षा हासिल गरेर शिक्षित बने अवश्य नै एकदिन सम्पूर्ण पहाड नै शिक्षित बनेर जानेछ औ तिनै शिक्षित व्यक्तिहरूको माध्यमबाट शहीदहरू मात्र नभएर सम्पूर्ण गोर्खा जातिले देखेका सपना पूरा हुनेछ भनी बताइन्। यस वर्षको शहीद दिवस समष्टि स्तरमा लङ्भ्यूमा पालन गर्नको निम्ति जीटीए मुख्य कार्यपाल अनित थापाले सोच बनाएर सहयोग प्रदान गरेकोमा उनीप्रति प्रधानले विशेष आभार प्रकट गरिन्‌‍ औ त्यस समारोहलाई सफल पार्न साथ, सहयोग र समर्थन दिने सबैप्रति पनि आभार प्रकट गरिन्‌‍।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ