राजतन्त्रको पुनर्स्थापना केवल दिवास्वप्न हो: प्रधानमन्त्री ओली

Share this news

सिरहा: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजतन्त्र पुनर्स्थापना हुने कल्पना गर्नु केवल दिवास्वप्न मात्र भएको बताएका छन्।

मंगलबार सिरहा जिल्ला सदरमुकाममा आयोजित नेकपा (एमाले) को ११औं जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले अब कहिल्यै पनि राजतन्त्र स्वीकार नगर्ने स्पष्ट पारे। उनले फागुन १५ गते राजतन्त्र समर्थकहरूद्वारा गरिएका गतिविधिहरूले उनीहरूको वास्तविकता उजागर भएको टिप्पणी गरे।

“राजतन्त्र पुनःस्थापना दिवास्वप्न मात्र हो। यसको कुनै अर्थ छैन। फागुन १५ को कार्यले त्यो सपना चकनाचुर भएको छ,” प्रधानमन्त्री ओलीले भने। साथै, अहिलेको व्यवस्था हट्ने कुनै सम्भावना नभएको उनले जनतालाई आश्वस्त पारे।

प्रधानमन्त्री ओलीले सर्वसाधारणको घर, औषधि कम्पनी, सञ्चार गृहमा आगजनी गर्ने, मानिसलाई घरभित्र थुनेर जलाएर मार्ने जस्ता अराजक र विनाशकारी गतिविधिहरू अब स्वीकार्य नहुने बताए।

सरकार सुशासन, विकास र समृद्धिमा केन्द्रित रहेको प्रधानमन्त्री ओलीले पुनः दोहोर्‍याउँदै, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न आफू प्रयासरत रहेको उल्लेख गरे।

सामाजिक न्याय, समानता, समावेशिता र समानुपातिक प्रणालीलाई प्रभावकारी बनाएर लोकतन्त्रलाई सुदृढ बनाउने प्रतिवद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरे।

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा धनुषा र सिरहा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुल समयमै सम्पन्न गर्न सरकारले विशेष ध्यान दिएको जानकारी गराए।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री ओलीले जनकपुरस्थित मधेस प्रदेश सभामा पनि सम्बोधन गरेका थिए।


Share this news
आजको रोजाइ
बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था :  अनित थापा

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था : अनित थापा

आजको रोजाइ