युवा दिवस पालन गर्दै सन्त पावल पल्लीका युवावर्गद्वारा फुटबल खेलको आयोजना

Share this news

खरसाङ,  (निसं)ः खरसाङ्को सन्त पावल पल्लीको युवा संघको आयोजनामा सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा फुटबल खेलको आयोजना सितै युवा दिवस पालन गरियो। सन्त पावल पल्ली अन्तर्गत पर्ने खरसाङ्को लाल माटी, सन्त पावल पल्लीका बाबुहरू, सन्त पवल पल्लीका युवावर्ग, महानदी-अम्बटे-सिरूबारी क्षेत्रका खेलाड़ीहरू सामेल संयुक्त टीमहरू बीच फुटबल खेल सम्पन्न भयो। सबै फुटबल टीमहरूले उत्कृष्ट खेलको प्रदर्शन गरेर उपस्थित दर्शकहरूलाई मनोरञ्जन गराएका थिए। सन्त पावल पल्लीका बाबुहरूको टीम अनि महानदी-अमबोटिया-सिरूबारीको संयुक्त टीम बीच फाइनल खेल सम्पन्न भयो। फाइनलमा सन्त पावल पल्लीका बाबुहरूले शुन्यको विरुद्ध 5 गोल गरेर फाइनल खेल जित्यो। यसै कार्यक्रममा युवा दिवस पनि पालन गरियो। कार्यक्रममा निकिता राईले युवा दिवसमाथि आफ्नो सम्बोधन राखेकी थिए। युवावर्गद्वारा कार्यक्रममा सन्देश मूलक नृत्य अनि प्रस्तुत गरिएको थियो। प्रख्यात नेपाली गीत मुसु मुसु हाँसी देउ न लै लै गीतका मुल गायक अनि वरिष्ठ सङ्गीतकार फ्रैङ्लिन मुखिया मुख्य अतिथि रहेको यस फुटबल खेल अनि युवा दिवसमा भारतीय महिला फुटबल टीमका प्रशिक्षक क्रिस्पीन छेत्रीको पनि विशेष उपस्थिती रहेको थियो । मुख्य अतिथि फ्रैङ्लिन मुखिया अनि विशिष्ट अतिथि क्रिस्पीन छेत्रीलाई कार्यक्रममा सम्मान जनाइयो। सन्त अलफन्सस प्राथमिक पाठशालाका प्रधान अध्यापक फादर रोशन मिञ्ज यीशु समाजी अनि सन्त पावल पल्लीका पल्ली पुरोहित फादर पिटर जोङ लेप्चा यीशु समाजी विशिष्ट अतिथिहरूको रूपमा उपस्थित रहेको यस कार्यक्रममा रबिता शेर्पाद्वारा आरम्भिक प्रार्थना गरिएको थियो। राष्ट्रिय गीतद्वारा आरम्भ गरिएको यो फुटबल खेल अनि युवा दिवसमा सन्त पावल पल्ली नारी सगंठनका सभानेत्री मञ्जु राई, उप सभानेत्री झुमा राणा लेप्चा, कोषाध्यक्ष उर्मिला मोक्तान लगायत नारी सगंठनका सदस्यहरूको बक्लो उपस्थिती रहेको थियो। सन्त पावल क्याथोलिक समाजका अध्यक्ष एडवीन छेत्री, उपाध्यक्ष विमल प्रधान , कार्यकारणी सदस्यहरू, दार्जीलिङ धर्मप्रान्त नारी सगंठनका अध्यक्ष जेनिफर लेप्चा लगायत अन्यान्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सन्त पावल पल्लीका युवा एकाइका अध्यक्ष स्नेह शेर्पाले धन्यवाद अर्पण गरिएको कार्यक्रममा भारतीय महिला फुटबल टीमका प्रशिक्षक क्रिस्पीन छेत्री अनि मुख्य अतिथि फ्रैङ्लिन मुखियाले सम्बोधन गरेका थिए भनी सन्त पावल पल्ली परिवार कोष्टका समन्वयक दिपक लेप्चाले जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ