भानु वेलफेयर सङ्गठनले आफ्नो पाँचौँ स्थापना दिवस पालन गऱ्यो

Share this news

खरसाङ, 20 जुलाई (निस): भानु वेलफेयर सङ्गठनले आफ्नो पाँचौँ स्थापना दिवस आइतवार पालन गरेको छ। खरसाङ नगरपालिका अन्तर्गत 18 नम्बर वार्डमा सञ्चालित भानु वेलफेयर सङ्गठनको पाँचौँ स्थापना दिवस पालन सङ्गठनकी अध्यक्षा शशी थापा आलेको घरको प्रागणमा कार्यक्रमको आयोजना गरेर पालन गरिएको हो। उक्त स्थापना दिवस कार्यक्रम विषयमा जानकारी दिँदै शशी थापाले भनिन्‌‍, यो सङ्गठन महिलाहरूद्वारा सञ्चालित समाज सेवाको मा नै अधिकतर कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौँ। अब आउने दिनहरूमा सङ्गठनले नगरपालिका, स्थानीय प्रशासनसँग मिलेर संयुक्त रूपमा कार्यक्रम गर्ने निर्णय गरेको छ। कार्यक्रममा सङ्गठनका सबै महिला सदस्यहरू अनि कानुनी सल्लाहकार अधिवक्ता विशाल लामाको उपस्थिति रहेको थियो। सङ्गठनका सचिव सरोज चौहानले वर्ष भरी आयोजना गरिएको कार्यक्रमको रिपोर्ट बुझाइन्‌‍, कोषाध्यक्ष अमृता शर्माले आय-व्ययको हिसाब बुझाइन्‌‍। सचिव चौहानले यस कार्यक्रम बारेमा बताउदै भनिन्‌‍, स्थापना दिवस सङ्गठनको निम्ति खुशी मनाउने अनि भविष्यलाई हेर्ने दिनको रूपमा हामीले मनाउने निधो गरेका थियौँ। त्यसैले हामीले केक काटेर सबैलाई शुभकामना दियौँ। हामीले गरेका उपलब्धिहरूको चर्चा गर्यौँ। सङ्गठन कुनै क्लब होइन, त्यसैले संगठनलाई जीवन्त राख्न वार्डमा मात्र सीमित नरहेर वार्डदेखि बाहिर पनि सेवा पुऱ्याउने हामीले आज निणर्य लिएका छौँ। महिलाहरू हाम्रो सेवाका केन्द्र हुन्‌‍। आगामी दिनमा हाम्रो समाजमा महिलाहरूले भोग्दै गरेको समस्याहरूलाई लिएर सङ्गठनले जागरूकता कार्यक्रमदेखि महिलाहरूको अधिकार प्राप्तीसम्मको निम्ति कार्यक्रमहरू गर्ने निर्णय भएको छ। सन्‌‍ 2020 मा स्थापित भएको भानु वेलफेयर सङ्गठन एक पञ्जीकृत सङ्गठन हो। सङ्गठनले निःशुल्क स्वाथ्य शिविर, पर्यावरण संरक्षण, पीड़ितहरूलाई राहत, वार्ड सफाई जस्ता कार्यक्रमहरू गर्दै आएको छ।

Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

आजको रोजाइ